सहकारीमार्फत आर्थिक संमृद्वि सम्भव छ–पूर्व अर्थमन्त्री खत्री


काठमाडौं, असोज २९ । पूर्व मन्त्री मीनबहादुर खत्रीले सहकारीमार्फत आर्थिक संमृद्वि हुने बताएका छन् ।

सहकारीको नेटवर्क गाउँभरी फैलिएको बताउँदै उनले सहकारीको सही सदुपयोगबाट मात्र उत्कृष्ट काम गर्न सकिने बताए ।
कालीगण्डकी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको दशौं वार्षिक साधारणसभामा बोल्दै खत्रीले सहकारीलाई सबल खम्बा बनाउन सहकारीकर्मी जागरुक हुनुपर्ने बताए ।

‘सहकारीकर्मीले नै सहकारी बलियो बनाउन जोड दिनुपर्छ, त्यसो गर्न सके मात्र सहकारी सबल खम्बा बन्न सक्छ’ उनले भने ।
सहकारीले ५ करोड १७ लाख आम्दानी गरेको छ । त्यस्तै संस्थाले सञ्चालन मुनाफा ७५ लाख ७० हजार आर्जन गरेको छ ।
हकारीका अध्यक्ष अमरचन्द्र थापाले सहकारीले कृषिउत्पादनतर्फ ध्यान दिने गरेको बताए । संस्थाको शेयर पूँजी ३ करोड पुगेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन