सहकारी सदस्यहरुको साँस्कृतिक स्तर उठाउन आवश्यक


भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा (प्रतिनिधिमूलक) सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले पानसमा दीप प्रज्ज्वलित गरी उद्घाटन गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि विजुक्छें्रले सरकार गठन गर्ने पार्टीले देश र जनताको हीतका लागि गर्ने नीति तथा कार्यक्रमको प्रतिवद्धता नआएसम्म नेमकिपाले समर्थन गर्न सकिने बताउनु हुँदै देशका राजनैतिक पार्टीहरुमा भारतीय घुसपठै रहेको र नाकावन्दी खोल्ने सम्वन्धमा देशको हीतका लागि सत्तासिन पार्टीहरु निर्णयहीन भएर बसेकोमा आलोचना गर्नुभयो ।
विभिन्न हककण्ड प्रयोग गर्दै भारतले नेपाललाई आफ्नो आफ्नो पकडमा राख्न खोजेको र तराईमा सिनेमा हलको टिकट बाँडे झैं नागरिकता बाँड्दा आज देशै नरहने खतरा बढेको जानकारी गराउनु भयो । ‘देशै नरहे देशको सहकारी, व्यापार, व्यवसाय केही रहन्दैन र हामी पराधिन हुन्छौं । तसर्थ देशको परिस्थितिका बारेमा सबैजना सचेत हुनु आवश्यक हुन्छ ।’ उहाँले भन्नुभयो ।
सहकारी सदस्य सेवाका लागि हुनुपर्नेमा जोड दिनुहुँदै स्वास्थ्य सेवा, सदस्य तथा सदस्य परिकारको शिक्षा, चेतना र साँस्कृतिक स्तर उठाउन कार्यक्रम संचालन गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । सहकारी र सहकारीका सदस्य र पूँजी बढ्दै गएको अवस्थामा बढी सचेततापूर्वक अगाडि बढ्न नसकेमा समस्याहरु आउन सक्ने हुँदा संचालकहरु बढी जिम्मेवार हुुनपर्ने बारे उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्नुहुँदै डिभिजन सहकारी कार्यालयका प्रमुख डेकराज पोखरेलले सिद्धि गणेशले ऐन÷कानूनमा बसेर सीमामा रहेर लाभांश वित्तरण गर्न लागेको र यो संस्था भक्तपुरुकै नमूना संस्थाका रुपमा रहेको जानकारी दिनुहुँदै आक्सेस व्राण्डलाई संस्थाको अभिन्न अंगका रुपमा लिदैं आगामी दिनहरुमा अगाडि बढ्ने विश्वास लिनुभयो । जिल्ला बचत संघ भक्तपुरका सचिव हरि वल्लले भक्तपुरमा बचत संघ गठन गर्नलाई योगदान गरे जस्तै सिद्धि गणेशले संघीय राज्यमा स्थानीय निकायमा सहकारीको संचालन, नियमन र नियन्त्रणमा आफ्नो भूमिका खेल्नेमा पनि विश्वास गर्नुभयो ।
संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति कृष्णगोविन्द लाखाजुले सभापतिको आसनबाट बोल्नु हुँदै साधारण सभा सम्हेबजी र लाभांश रकम बाँड्नका लागि नभई सदस्यहरुले वर्षभरिको कारोवारको पारदर्शिता जाँच्ने र संस्थाको सहकारी नीति नियममा संचालन भए भएको हेर्नका लागि हो भन्नुहुँदै संचालहकरुले आफूखुशी संकलित रकम दुरुपयोग गर्ने संस्थाले साधारण सभा नै गर्दैन र मात्र बढी ब्याजको लोभ दिई रकम संकलन गर्ने भएकोले सचेत रहन आग्रह गर्नुभयो ।
संस्थाका उपाध्यक्ष हरिरत्न गोर्खालीले प्रमुख अतिथि एवं अतिथिवर्ग लगायत सम्पूर्णलाई धन्यवाद दिनुहुँदै समाजवादी राज्य नीति बढी सहकारी मैत्री हुने र चिनीयाँ सहकारी संस्थाहरुले कृषकहरुलाई गरेको सेवाका बारेमा चर्चा गर्नुहँुदै जनताको आर्थिक अवस्था सुधारका लागि सहकारी आवश्यक छ भन्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले स्वागत गर्नुहुँदै समूहमा बचत गर्दै समूह सदस्यलाई कम बयाजदरमा ऋण दिदैं आपसी सहयोग र आर्थिक सहयोग गर्दै संस्था अगाडि बढेको जानकारी दिनुभयो ।
उद्घाटन सत्र पश्चात भएको मुख्य सत्रमा सचिव राजन लाखाले प्रस्तुत प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम, कोषाध्यक्ष रुद्र नारायण लाखाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा आ.व.२०७२/७३ का लागि स्रोत र उपयोग तर्फ रु.१ अर्व २२ करोड ५० लाख र आम्दानी तथा खर्च तर्फ ९ करोड ८७ लाख ३२ हजारको अनुमानित बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक सानुकान्छा लाखाजुको प्रतिवेदन र आ.व.२०७१/७२ को बाह्य लेखा परीक्षण प्रतिवेदन र आ.व.२०७२÷७३ का लागि लेखा परीक्षक नियुक्ति लगायतका निर्णयहरु पारित गर्नुका साथै आगामी ३ वर्षका लागि हरिरत्न गोर्खालीको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति र रामप्रसाद लाखाजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको निर्वाचन समेत गरेको थियो ।

पद हस्तान्तरण तथा स्वागत कार्यक्रम सम्पन्न
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभाद्वारा निर्वाचित संचालक समितिका अध्यक्ष हरिरत्न गोर्खालीलाई संस्थाका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले एक समारोहका बीच पद हस्तान्तरण गर्नु भएको छ । कार्यक्रममा बोल्नु हुँदै निवर्तमान अध्यक्ष लाखाजुले सिद्धि गणेशका हरेक नीति तथा कार्यशैली अन्य संस्थाहरुले अभिरुचीपूर्वक हेर्ने भएको हुँदा असल अभ्यासहरु गर्नुपर्नेमा जोड दिनुहुँदै संस्थाको परिकल्पना ‘सदस्यहरुको सम्पूर्ण वित्तीय समाधानको पहिलो छनोट’लाई कार्य रुपमा प्रयोग गर्न समितिले प्रभावकारी बैठक प्रणालीको अभ्यास गर्दै उपयुक्त नीति निर्णयहरु गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
संस्थाका नवनिर्वाचित अध्यक्ष हरिरत्न गोर्खालीले बैठकमा अध्यक्षता गर्नेले छलफलको विषयवस्तु प्रस्तुत गर्ने र आवश्यक छलफल गरी उपयुक्त निर्णय लिन सहयोग गर्नुहुन समितिका सदस्यहरुलाई अनुरोध गर्नुभयो । संस्थाका कार्यक्रमहरु कार्यान्वयनका लागि पर्याप्त समय र कार्यहरु गर्नुपर्नेमा जोड दिनुहुँदै सिकेका सीप आफ्नो
जीवन र अन्यत्र प्रयोग गर्न सकिने फाइदाका बारेमा पनि उहाँले चर्चा गर्नुभयो ।
नवनिर्वाचित संचालक समितिका पदाधिकारीहरुलाई कर्मचारी परिवारको तर्फबाट स्वागत गर्नुहुँदै संस्थाले २०५५÷५६ सालदेखि संस्थागत विकास र संस्थागत व्यवहारका कुरालाई संस्थागत गर्दै आएको हुँदा हरेक पदाधिकारी र कर्मचारीहरुसँग संस्थाको हरेक पक्षका बारेमा एउटै धारणा हुुनुपर्नेमा जोड दिनुभयो ।
पद हस्तान्तरण र ग्रहण पश्चात संचालक समितिको बैठक गरी निर्णयहरु लिइएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न