सहकारी भनेकै कांग्रेसको परिकल्पना हो, वामपन्थीको होइनः खाँण


काठमाडौं, १ कार्तिक, नेपाली कांग्रेसका नेता तथा कांग्रेस सहकारी विभाग प्रमुख बालकृष्ण खाँणले नेपालमा सहकारीको परिकल्पना नेपाली कांग्रेसले गरेको बताएका छन् । नेता खाँणले नेपालको विकासका लागी समाजवादको मर्मअनुसार सहकारीको शुरुवात भएको स्मरण गर्दै सहकारी वामपन्थीहरुको निति भित्र नै नपर्ने बताएका छन् । उनले अहिले सहकारी क्षेत्रमा कांग्रेसको उपस्थिती पातलो जस्तो देखिए पनि पछिल्लो समयमा शसक्त बन्दै गएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाँणले सूचना चौतारी सञ्चार सहकारी संस्था लि.ले आयोजना गरेको सहकारी मेचमा सो कुरा बताएका हुन् ।
देशका सबै नागरिकहरुलाई पूंजीको मालिक बनाउने सहकारीको सिद्धान्त वामपन्थीको विचारसंग नमिल्ने बताउदै खाँणले साम्यवादी सिद्धान्त अनुसार सम्पत्तिनै समाज रुपान्तरणको बाधक हो भन्नेहरुले सहकारी हाम्रो हो भन्नु लाजलाग्दो कुरा भएको बताएका छन् ।
अहिले नेपाली कांग्रेसले कृषि तथा सहकारीको विभागनै गठन गरेर अघि बढेको बताउदै खाँणले पार्टीको १३औं महाधिवेशनपछि आउने नेतृत्वले विभागलाई अझ शसक्त बनाएर लैजाने विश्वास व्यक्त गरे । अन्तराष्ट्रिय मुलुकहरुमा जस्तै नेपालको समग्र विकासका लागी सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउदै खाँणले भने– ‘अब नेपालको विकासका लागी सहकारीकै माध्यमबाट विभिन्न परियोजनाहरु बन्नुपर्छ ।’


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक