आश्रय साकोसको सातौं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौ महानगरपालिका वडा नं. १३ टंकेश्वरस्थित आश्रय वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थापक अध्यक्ष धनकाजी श्रेष्ठको प्रमुख आतिथ्य र संचालक समितिका अध्यक्ष बिराट कुमार श्रेष्ठको सभापतित्वमा सो साधारणसभा सम्पन्न भएको हो ।
सो साधारणसभामा संक्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि श्रेष्ठले सहकारीले पूँजीवादी र समाजवादी व्यवस्थाका राम्रा गुणहरुलाई समावेश गरेको बताउँदै सहकारी क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो । सो साधारणसभाले अध्यक्ष बिराट कुमार श्रेष्ठ, लेखा समिति संयोजक महेन्द्र कुमार श्रेष्ठ,उपाध्यक्ष प्रेम कृष्ण मानन्धर तथा ब्यवस्थापक राजेन्द्र कृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएका प्रतिवेदनहरु सर्वसम्मतिले पास गरेको थियो ।साथै आ.व. ०७१÷७२ को आषाढ मसान्तसम्ममा संस्थाको शेयरपूँजी१ करोड २६ लाख ९ हजार ९ सय, निक्षेप ८ करोड २८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ र पैसा ६२ संकलन गरी ८ करोड ७२ लाख ८४ हजार ५ सय ९१ रुपैया र पैसा ७२ कर्जा लगानी गरेर खुद संचालन नाफा ८ लाख ६३ हजार ५ सय ७२ रुपैयाँ र पैसा ६६ बनाउन सफल भएको छ ।