सहकारीको गुणात्मक विकासका लागि फोर्स मर्जर अपरिहार्य


-तुलसी सुवेदी-

नेपालमा सहकारीको बिकास क्रमले फड्को मारेको छ । गुणात्मकरुपमा सहकारीको विकास हुन नसकेपनि संख्यात्मकरुपमा सहकारीले गति लिइरहेको छ । खासगरी सहकारी ऐन २०४८ पछि च्याउसरी सहकारी स्थापना भएका छन् । सहकारीले नेपालको अर्थतन्त्रको मुहार फेर्न सक्छ । सहकारीको सही व्यवस्थापन हुुन सके सहकारीले केही वर्षभित्रै देशको काचुली र्फेन सक्छ तर त्यसका लागि नीतिगत कुरामा सुधार गर्न आवश्यक छ । सर्बप्रथम सहकारीको संख्या घटाउनुपर्छ । जसरी हुन्छ, आपसमा सहकारी एकीकरण गर्नु नै अपरिहार्य भइसकेको छ ।
अब सहकारीको संख्यात्मक विकास भन्दा गुणात्मक बिकासमा जोड दिन आजश्यक भइसकेको छ । सहकारीको विकास संख्या वृद्वि हुनुले मात्र मापन गर्दैन्, सहकारीले दिने नतिजाले सहकारीको सही मुल्यांकन हुने हो । अब सहकारीले आफूलाबई सुधार गर्दै गुणात्मक विकासमा जोड दिनुको विकल्प छैन् । सहकारीको गुणात्मक विकासको पहिलो आवश्यकता भनेको आपसमा सहकारी एकीकरण हुनु नै अपरिहार्य भइसकेको छ ।
नेपालमा सहकारीको शुरुवात भएको ६ दशक भएपनि २०४८ पछि सहकारी खुल्ने क्रम बढेको छ । सहकारी बिभागका अनुसार हाल सहकारीको संख्या ३२ हजार बढी छ । सहकारीको संख्यात्मक विकास भएपनि गुणात्मक विकास हुन नसक्नु हाम्रा लागि दुर्भाग्य नै हो । सहकारीको सञ्जाल व्यापक भएपनि सहकारीले अपेक्षाकृत लाभ दिन सकेन भने सहकारी स्थापना हुुनुको के काम । नेपालमा सहकारीको विकास बिस्तारै अगाडि बढ्दै गएको छ । केही सहकारीले रचनात्मक काम गरिरहेका छन् । वास्तवमा नेपालको अर्थतन्त्र सबल बन्नका लागि सहकारी बलियो खम्बा बन्न सक्छ । नेपालको संबिधान २०७२ ले पनि सहकारीलाई तीन खम्बामा स्वीकार गरिसेको छ ।
अब सहकारीलाई झन् चुनौति थपिएको छ । सहकारी अभियानमा ४५ लाख बढी सदस्य छन् भन्ने गरिन्छ । तर त्यसलाई केलाएर हेर्ने हो भने सहकारीमा लागेका अधिकांश मान्छेहरु अन्य सहकारीमा पनि बसेका छन् । जसले गर्दा सहकारीमा लाग्ने मान्छेको संख्या बढी देखिने गरेको छ । २५ जना मात्र भए सहकारी दर्ता हुने भएकाले पूँजी नभएका मानिसहरुले पनि सहकारी खोलेका छन् । जसमा लाखसम्मको पनि कारोबार नहुने सहकारी देख्न सकिन्छ । सहकारी खोल्नका लागि शेयर पूँजीको सिमा छैन् । त्यसकारण पनि मान्छेहरु सहकारी खोल्न लागिपरेका छन् ।
सहकारी खोल्ने क्रम त अझ शहरी क्षेत्रमा व्याप्त छ । जहाँ सहकारी नभएपनि हुने अवस्थामा एउटै घरमा दुईतीनवटा सहकारीको ब्यानर देख्न पाइन्छ । वास्तवमा यो सहकारीमा देखिएको विकृति नै हो । अब सहकारीमाब सुद्विकरण गर्न आवश्यक छ । सहकारी सुद्विकरणका लागि मर्जर नै उत्तम विकल्प हो । अहिले नेपाल राष्ट्र बैंकले बैँक तथा बित्तीय संस्थालाई पूँजी वृद्विब गर्न कठोर नीति अबबलम्बन गरेको छ । पूँजी वृद्विका लागि बैंक तथा बित्तीय संस्थाबहरु व्यापक गृहकार्य गर्नुका साथै एक्सनमा उत्रिएका छन् । अब सहकारीमा पनि त्यो नियम लागू हुन आवश्यक छ ।
सहकारीको संख्या धेरै देखिदैँमा सहकारीको विकास हुने होइन् । अहिले सहकारीमा विकृति छाएको छ । सहकारीले चर्को ब्याज लिएर सदस्यलाई नै शोषण गरेको अवस्था छ । सहकारीमा चर्को ब्याजका कारण सदस्यले ऋण तिर्न नसकी टाट पल्टेको अवस्था छ । सर्वप्रथम त सहकारी निम्नवर्गको लागि हो । तर साँच्चै भन्ने हो भने सहकारी निम्नवर्ग ठग्नकै लागि भएको छ । यो नेपालको बिडम्बना नै हो । पछिल्लो समयमा केही सहकारीका सञ्चालक गलत मनसायका कारण सहकारीमा विकृति ठपिएको छ । निक्षेपकर्ताको निक्षेप कुम्ल्याएर भाग्ने प्रवृति बढी छ ।
धेरै सहकारी हुदाँ सदस्यले चाहेजस्तो सेवा पाउन सकेका छैनन् । त्यस्तै प्रशासनिक खर्च चुलिएको छ । सहकारीको अनावश्यक खर्च बढेको छ । सहकारीले थोरै पूँजीका कारण रचनात्मक काम गर्न सकेका छैनन् । सहकारी मर्जरमा जान सके सदस्यले गुणस्तरको सेवा पाउन सक्छन् । सेवासुविधा वृद्वि हुुन सक्छ । मुख्य कुरो सदस्यले चाहेजति नै सहकारीबाट सेवा पाउन सक्छन् । यतिखेर केही सहकारीमा बाहेक अधिकांश सहकारीबाट सदस्यले आफूले चाहेजस्तो सेवा पाउन सकेका छैनन् ।
नेपालमा सहकारीको संख्या बढ्नुका साथै सहकारीमा विकृति पनि बढेको छ । सहकारीको नाममा लुट्ने काम पनि भएको छ । निक्षेपकर्ताबाट बढी ब्याज दिने लोभमा निक्षेप संकलन गर्ने र कुम्ल्याउने प्रवृति बढेको छ । यसले सहकारी अभियान नै बदनाम हुन पुगेको छ । सहकारी आफैमा आकर्षक भएपनि सहकारी सञ्चालन प्रक्रिया आफू अनुकुल बनाउँदा सहकारीमा समस्या देखिने गरेको छ । ओरियन्टल, गुणलगायतका १ सय ३५ वटा सहकारीको हबिगत त्यही हो । अन्य सहकारी पनि कुनै न कुनै समस्यामा गुर्जिरहेका छन् ।
जसले जेसुकै भनेपनि नेपालको सहकारी आन्दोलन एकदमै कमजोर छ । सहकारी सञ्जाल देशभर भएपनि, संख्या बढी भएपनि सहकारीले कुल ग्राहस्थ उत्पादनमा योगदान दिन सकेको छैन् । बित्तीय क्षेत्रमा पनि संख्याको अनुपातमा यसको योगदान न्यून हो । बित्तीय क्षेत्रमा १८ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान दिएको भन्ने गरिन्छ । तर सहकारीको खासै योगदानको मूल्यांकलन नभएको पनि हुन सक्छ । तीनखम्बामा सहकारी राखिनु सकारात्मक कुरा हो तर सहकारी खम्बा लंगडो बन्न नसकोेस् ।
अन्तमा के भन्न सकिन्छ भने सहकारी अभियान सुद्विकरण गर्न सहकारी एकीकरण पहिलो शर्त हो । सम्भव भएसम्म मुमेन्टबाटै सहकारी एकीकरणका लागि क्रियाशील हुनुपर्छ । आफ्नो गाउँटोल, छरछिमेकमा सहकारी एकीकरण हुन सके मात्र सहकारीले सार्थकता पाउन सक्छ । यदी त्यसो हुन सकेन् । सहकारीका सञ्चालकले पदको लोभमा सहकारी एकीकरण गर्न मानेनन् भने पनि सकारले फोर्स सहकारी मर्जर ल्याउन जरुरी छ । बैंैक बित्तजस्तो फोर्स रणनीति सहकारीमा अबलम्बन हुन नसकेपनि सहकारी एकीकरणलाई विशेष प्रोत्साहन दिनुपर्छ । एकीकरण हुने सहकारीलाई बढी सेवा सुविधा दिन सक्यो भने मात्र सहकारी मर्जरमा जान सक्छन् । मर्जरमा जाने सहकारीलाई करमा छुट दिनुपर्छ । मर्जर प्रक्रिया सरलीकृृत गर्नुपर्छ । यसो हुन सके मात्र सहकारीले कुल ग्राहस्थ उत्पादनमा आफ्नो पकड जमाउन सक्छ । सहकारी सबल खम्बा बन्न सक्छ । सहकारी मर्जर गरेर मात्र सबै कुरा समाधान हुन्छ भन्ने पनि होइन । कतिपय अवस्थामा मर्जरपछि पनि समस्या देखिन सक्छ । समस्या आउन नदिन चालखीपूर्ण ढंगले मर्जर गर्नुपर्छ । अबको बावश्यकता सहकारीको गुणस्त वृद्वि हो । गुणस्तर वृद्विका लागि सहकारी मर्जर नै पहिलो आवश्यकता हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर