धुव्रतारामा सार्वजनिक सुनुवाई
दाङ,कार्तिक १३ । धुव्रतारा कृषी सहकारी संस्था लिमिटेड सौडियार १ को आयोजनामा पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सञ्चालन गरेको आलुको बिउ प्रजनन् केन्द्रका बिषयमा जानकारी दिने उदेश्यले कार्यक्रम गरिएको थियो ।
संस्थाका अध्यक्ष गणेशबहादुर ओलीको अध्यक्षता तथा गा.वि.स.सचिव टेकबहादुर खड्काको प्रमुख आतिथ्य र साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना (रिजम)का प्रतिनिधि लोकमाया पुनको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका गाँउ कमिटी अध्यक्ष थुरेन्द्रबहादुर ओली,वडा नागरिक मञ्चका संयोजक बोधिलाल शर्मा,संस्थाका सचिव दिलबहादुर वली,बेदुराम भण्डारी,मा.वि.जजरागाँउका शिक्षक अभिभावक संघका अध्यक्ष भेषराज शर्मा,हेमराज वली लगायतले बोल्नुभएको थियो ।