गोफल पलाञ्चोक भगवती सहकारीले १५ प्रतिशत लाभांश बाड्ने


काठमाडौं, कार्तिक १४ । गोफल पलाञ्चोक भगवती बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको आठौं वार्षिक साधारणसभाका अवसरमा २९ लाख ५१ हजार ५ सय रुपैयाँ शेयर पूँजी संकलन गरेको छ ।

यो अघिल्लो वर्षको तुलनामा ७ लाख बढी हो । त्यस्तै संस्थाले ४ करोड २८ लाख ५० हजार ७ सय ३९ रुपैयाँ बचत गरी २ करोड ४७ लाख ८४ हजार ९ सय ५० रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले ५ लाख ६१ हजार ७ सय ८८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक