चार वटा सहकारी एकिकरण


भिमेश्वर नगरपालिकाका चार वटा सहकारी संस्थाहरु एक आपसमा एकिकरण भएका छन् ।

यसरी एकिकरण हुनेमा अर्थभुमि बचत तथा ऋण सहकारी संस्था, संगालो बचत तथा ऋण सहकारी संस्था, गौरीसंकर बचत तथा ऋण सहकारी संस्था र हाम्रो कृषि सहकारी संस्था रहेका छन ।

चार सहकारी गाभिएर अर्थभुमि बचत तथा ऋण सहकारी संस्थाको नामबाट एकिकृत कारोबार शुरु गरेको छ । यि एकिकरण पश्चात सात करोड बराबरको कारोबार र २५ सय भन्दा बढी शेयर सदस्य भएको अर्थभुमि साकोसका अध्यक्ष कृष्ण प्रसाद दहालले जानकारी दिए ।

यस पछि सदरमुकाम चरिकोटमानै रहेका जनहित सहकारी संस्था र हिमालय बचत तथा ऋण सहकारी संस्था पनि एकिकरणको प्रक्रियामा रहेका छन् । हाल दोलखामा विभिन्न प्रकृतिका गरी पाँच सय २३ भन्दा बढी सहकारी संस्था रहेको जिल्ला सहकारी दोलखाले जनाएको छ ।

दोलखामा गत वर्ष जिरी नगरपालिकामा रहेका नौ वटा सहकारी संस्था एकिकरण भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक