बैैंकले १३ प्रतिशत बोनस दिने


काठमाडौं, मंसिर ३ । राष्ट्रिय सहकारी बैंक आफ्ना शेयर धनीहरुलाई १३ प्रतिशत लाभांंश दिने भएको छ। बैंकका लगानीकर्ता सबै सहकारी सस्थाले बोनस बैंकको साधारण सभाले प्रस्ताव पारित गरेपछि पाउने छन् ।
बैैंकको यहीँ मंसिर २९ गते विराटनगरमा ११औं साधारणसभा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ। बैक सञ्चालक समिति र लेखा समितिको संयुक्त वैठकले बैंकको साधारणसभा विराटनगरमा गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
ुबैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा बसेको वैठकले साधारणसभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन, प्रवन्ध सञ्चालकको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र लेखा परिक्षण प्रतिवेदन अनुमोदन गरेको छ। बैंकमा हालसम्म सात हजार एक सय सहकारी सदस्य रहेका छन्। बैंकको ६४ करोड चुक्ता पूँजी छ। हालसम्म बैंकमा आठ अर्ब निक्षेप संकलन भएको छ । चार अर्ब रुपैयाँ लगानी रहेको छ। ३३ वटा शाखा कार्यालय र केन्द्रिय कार्यालयमार्फत सहकारी संघ संस्थाहरुलाई बीत्तिय सेवा दिदै आएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान