नबौ गोदावरी मेलाको तयारी पुरा, बिहिबारबाट ४ दिनसम्म चल्ने


काठमाडौं ।  कृषि मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ९ औं गोदावरी पूmल प्रतियोगिताको प्रदर्शनीको तयारी पुरा भएको छ । मेलामा भाग लिएका सबै स्टलहरुले फूल सजाउने कार्य सम्पन्न गरिसकेका छन् भने अबलोकनकर्तालाई सहज हुने गरि स्टल तयार गरिएको छ ।

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले ९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १९ देखि २२ गतेसम्म जावलाखेलको खेलमैदान, ललितपुरमा संचालन गरिन लागेको हो । पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल व्यवसायिकता तर्फ उन्मुख गर्न पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यव्रmमहरु आयोजना हुँदै आएको छ । यसै सन्दर्भमा नजिकै आइरहेको तिहार पर्वलाई लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागेका आयोजकले जनाएको छ । तिहार पर्वको एक आकर्षक पुष्पको रुपमा रहेको गोदावरी पुष्पको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको मेला संयोजक तथा फ्यानका उपाध्यक्ष दिलिप बादेले बताए ।

प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ । यस्ता प्रतियोगिताले उत्पादकहरुको स्वच्छ प्रतिस्पर्धाको बिकास भई गुणस्तरिय फूल बिरुवाहरु उत्पादन गर्न सघाउ पु¥याउनुका साथै क्षमता अभिबृद्धि हुने बिश्वास फ्लोरिकल्चर एशोसिएशनका महासचिब मिन बहादुर तामाङले बताए । मेलामा व्यवसायिक स्टल, सूचनामुलक र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल सहित जम्मा ३६ वटा प्रदर्शनी कक्षहरु रहने छन् । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवाहरु समेत प्रदर्शनीमा रहेका छन् । विश्व बजारसंग संगै नेपालमा पनि पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक बर्ष १० देखि १५ प्रतिशतको दरले बृद्धि भईरहेकोे सन्दर्भमा यससंग संबन्धित उद्योगहरु पनि क्रमशः विस्तारित भईरहेको अध्यक्ष लोकनाथ गैरेले बताए ।

यस लगत्तै देशमा उत्पन्न राजनैनिक अस्थिस्ता बिशेष गरि तराईमा भइरहेको आन्दोलन, भारतले लगाएको अघोसित नााकाबन्धिका कारण असजह परिस्थिती सृजना भई यसले पुष्प व्यवसायमा नराम्ररी असर पर्न गएको बताउँदै फ्यानका कोषाध्यक्ष शिब खड्काले महाबिनासकारी भुकम्प, राजनैतिक अस्थिरता र भारतले लगाएको अघोसित नाकाबन्धीका कारण पेट्रोलियम पदार्थका अभावका यी आदी कारणले बर्तमान अबस्थमा पुष्प व्यवसायीहरुले धेरै आर्थिक नोक्सानी बेहोर्नु परेको यस परिस्थितीमा पुष्प व्यवसायको प्रबद्र्धन गर्नका लागि यस मेलाले केहि सघाउ पु¥याउने अपेक्षा लिएको बताए ।

मेला र प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको क्षेत्र विकास, बिस्तार तथा प्रबद्र्धनमा महत्वपूर्ण सघाउ पुग्ने दाबी फ्यानका अध्यक्ष लोकनाथ गैरेको छ । नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तार संग संगै पुष्प व्यवसायको केन्द्र काठमाण्डौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा फैलदो स्थितिमा छ । आब. २०७०÷७१ सम्ममा ३८ जिल्लामा लगभग ६७५पुष्प फर्म÷नर्सरीहरु बिस्तार भईसकेको छ । लगभग १४१ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७१÷७२ जम्मा १ अर्व २७ करोड ७५ लाख भन्दा बढिको कारोबार गर्न सफल भएको छ ।
फ्यानले मेला अबलोकनका लागि स्थानिय तथा फूल पारखीहरुलाई आब्हन गर्दै फाइदा उठाउन अनुरोध गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर