जलविद्युततर्फ आकर्षित हुदैँ सहकारी


सहकारीले जलविद्युतर्फ लगानी गर्न थालेका छन् । मुलुकभर पेट्रोलियम पद्धार्थको अभाव भइरहँदा रुपन्देहीका पाँच सहकारीले जलविद्युतमा उत्साहसाथ लगानी गर्न थालेका हुन् ।
म्याग्दी जिल्लाको घोर गाविसमा पर्ने म्याग्दी जलविद्युत् आयोजनमा गर्न उत्साहित भएका छन्ब । उक्त जलविद्युत्मा जिल्लाका जनकल्याण, सामुदायिक, सत्यवती, तिलगंगा, मङ्गलमय बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले लगानी गर्न लागेका हुन् ।
सहकारीले म्याग्दीमा निर्माण हुने म्याग्दी हाइड्रो पावरमा झण्डै रु आठ करोड लगानी गर्ने स्विकृत डिभिजन सहकारी कार्यलय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद धिमिरेले बताए । जिल्लामा बचत सङ्कलन र ऋण लगानीमा मात्रै सीमित भइरहेका सहकारीले दीर्घकालीन योजनासहित बहुउद्देश्यीय काम सुरु गर्नु राम्रो भएको घिमिरेले बताए । । ऋण तथा बचतमा मात्रै खुम्चिएर सहकारी बस्न हुँदैन भन्ने सोचका साथ ऊर्जामा लगानी गर्न लागिएको म्याग्दी हाइड्रो पावरका सञ्चालक होमबहादुर गलामीले जानकारी दिए ।

सहकारीले सुरु गरेको हाइड्रो पावरबाट उत्पादित बिजुली २०७६ साल असारसम्म केन्द्रीय प्रशारण लाइनमा जोडिने छ । सहकारी ऐनमा हाइड्रोमा लगानी गर्ने विषयमा स्पष्टता नभएका कारण लगानी गर्न केही झण्झटिलो भएको सहकारीकर्मीहरुको भनाई छ ।
साधारणसभाबाट पारित भइसकेपछि डिभिजन सहकारी कार्यालयले लगानीको लागि स्विकृति दिनुपर्ने हुन्छ । सबै सहकारीले लगानी कोष तयार गरेर अडिट रिपोर्टमा नै देखाइसकेका छन् । “यसले स्विकृतिका लागि सहज हुन्छ” गलामीले भने । हाइड्रोको काम सुरु गर्न आर्थिक काम अन्तिम चरणमा पुगिसकेको लगानीकर्ता तिलगंगा सहकारीका अध्यक्ष गमप्रसाद रेश्मीले बताए ।

तिलगङ्गाले रु साढे दुई करोड लगानी गर्ने स्विकृति साधारणसभाबाट लिएको छ । अहिलेसम्म रु ६० करोड रकम जम्मा भइसकेको छ । जलविद्युत् आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रै निर्माण सकिनेछ । सञ्चालक गलामीका अनुसार आगामी हिउँदबाट निर्माणको काम सुरु हुनेछ । गलामी सल्लाहकार रहेको सामुदायिक सहकारीले रु एक करोड १९ हजार लगानी गर्ने प्रस्ताव गएको वर्ष नै पारित गरेको थियो ।

म्याग्दी जलविद्युत् आयोजनाबाट ८ दशमलव ३ मेगावाट विद्युत् निकाल्ने स्विकृति ऊर्जा मन्त्रालयबाट लिएको छ । लगानीकर्ताले घोर खोलामा १४ मेगावाट विद्युत् निकाल्न सकिने क्षमता भएको भन्दै ८ दशमलव ३ बाट बढाएर १४ मेगावाटको स्विकृति लिने तयारी भइरहेको जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक