सहकारीले रोजगार बढाए


सुर्खेतमा सहकारीले रोजगार बढाएका छन् । सहकारीको आर्थिक क्रियाकलाप बढ्दै गएपछि रोजगारी दिने क्षमता बढ्दै गएको हो ।
डिभिजन सहकरी कार्यालय सुर्खेतमा गत आर्थिक वर्ष ०७१र७२ मा दर्ता भएका १ हजार ४९ सहकारीले हजार भन्दा बढीलाई रोजगारी दिएका छन् । शहरबजारदेखि गाउँमा खुलेका सहकारीले आर्थिक समुन्नतीसँगै स्थानीयले रोजगारी पाएपछि दंग परेका छन् ।
सहकारी संस्था दर्ता हुने संख्या बढेसंगै ती संस्थामा रोजगारी गर्नेको संख्या पनि बृद्धि भैरहेको डिभिजन सहकारी कार्यालय सुर्खेतकी सूचना अधिकारी इन्द्रा चपाईले जानकारी दिइन् । उनका अनुसार सहकारीमा रोजगारी गर्ने पुरुषको तुलनामा महिलाहरुको संख्या बढि छ । सुर्खेतको सन्दर्भमा बचत तथा ऋण सहकारी संस्थामा पुरुषको संख्या ७८ रहेकोमा महिलाको संख्या १२३ छ । यस्तै कृषि सहकारीमा पुरुषको संख्या २२ रहेकोमा महिलाको संख्या ५६ छ । यसैगरी बहुउदेश्यीय सहकारीमा पुरुष कर्मचारी ५९ जना छन् भने महिला ११८ जना छन् । यस्तै साना किसान सहकारीमा ११ पुरुष र १७ महिला कार्यरत छन् ।
त्यस्तै अन्य विभिन्न विषयगत सहकारीमा २१ पुरुष र ३४ जना महिलाले सहकारीमा रोजगार छन् । यसैगरी डिभिजन सहकारी कार्यालय सुर्खेतमा हालसम्म महिलाद्धारा सञ्चालित सहकारीको संख्या ३ वटै जिल्लामा गरी ९४ छन् । महिलाद्धारा सञ्चालित सहकारीको संख्या पनि ३ जिल्लाको तुलनामा सुर्खेत जिल्लामा बढि रहेको छ । महिलाद्धारा सञ्चालित सहकारीको संख्या सुर्खेतमा २८, दैलेखमा २३ र जाजरकोटमा ८ छन् ।
आर्थिक वर्ष ०७१र०७२ मा डिभिजन कार्यालयमा दर्ता भएका सहकारीमध्ये सुर्खेतका ६२३ दैलेखका २६७ र जाजरकोटका १५९ छन् । कार्यालयको प्रतिवेदन अनुसार ३ वटै जिल्लामा बचत तथा ऋण सहकारी संस्थाको संख्या बढि छ । सुर्खेतमा १४८, दैलेखमा ९२ र जाजरकोटमा ४० वटा बचत तथा ऋण सहकारी संस्था छन् । दोस्रोमा बहुउद्देश्यीय सहकारी संस्था छन् । प्रतिवेदनअनुसार सुर्खेतमा १२०, दैलेखमा ३९ र जाजरकोटमा ४७ बहुउद्देश्यीय सहकारी छन् । डिभिजन सहकारी कार्यालय सुर्खेतमा हालसम्म २३ प्रकृतिका सहकारी संस्था दर्ता भएर सञ्चालनमा छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक