संख्या घटाउन सुविधा दिनु आवश्यक: ढकाल


राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारी संस्थाको संख्या घटाउनका लागि मर्जरमा जाने संस्थालाई करछुटको सुविधा दिएर आकर्षित गर्नुपर्ने बताएका छन् । हजुरको त्रीवेणी बचत तथा ऋण सहकारी संघको चौधौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै ढकालले हाल नगरपालिका घोषणा भएका क्षेत्रमा भएका सहकारीलाई नगरपालिकासरहको कर लगाउन न्यायोचित नभएको बताउँदै भने, ‘आयकर लाग्ने भनिएका सहकारीलाई पनि क्षेत्र अनुसार वर्गीकरण गरेर ५ देखि १० प्रतिशत मात्र कर लगाउनुपर्छ ।’ साधारणसभालाई सम्बोधन गर्दै काठमाडौँ बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष शम्भु घिमिरेले संस्थाले सदस्यलाई दिने सेवाहरूलाई विस्तार गर्ने र व्यवसायिक रूपमा सेवा प्रदान गर्नुपर्ने धारणा राख्दै भने, ‘सदस्यले संस्थाबाट शुल्क तिरेरै आवश्यक सेवा लिन पाउने वातावरण बनाउनु पर्छ ।’ घिमिरेले काठमाडौँ बचत संघले जिल्ला भित्रका बचत ऋण सहकारी संस्थाका लागि अन्तर्लगानी लगायतका विभिन्न सेवाहरू उपलब्ध गराएको जानकारी गराउँदै संघमा आवद्ध नभएका संस्थालाई आवद्धताका लागि आह्वान गरे । नेशनल कोअपरेटर्श एलाईन्स नेपालका केन्द्रिय सदस्य कमलराज अधिकारीले हजुरको त्रीवेणी साकोस सहकारी मूल्यमान्यता अनुरूप चलेको भन्ने प्रत्यक्ष अनुभव गरेको बताए । एलाईन्सका केन्द्रिय सदस्य गोविन्द काफ्लेले संस्थाले ग्रामीण क्षेत्रका समुदाय र महिला दिदिबहिनीको उत्थानका लागि निकै योगदान पुर्‍याएको बताए । संस्थाका अध्यक्ष सनोज भट्टराईले संस्थाले ग्रामीण तहमा सदस्यहरूको निक्षेप उठाई सदस्यहरूलाई नै सुलभ सेवा उपलब्ध गराईरहेको बताउँदै संस्थाले सदस्यको विश्वासलाई कायम राख्ने गरी पारदर्शी र ईमान्दारीपूर्वक काम गरेको बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन