घर–घरमा गएर वचत संकलन गर्ने कार्यको अन्त्य गर्ने लक्ष


उदय बोहरा
दाङ, २१ कार्तिक । साझेदारी वचत तथा ऋण सहकारी संस्था लि. घोराही दाङको १३ औं साधारणसभा घोराहीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले सबै सहकारीहरुले सहकारी नीति अवलंवन गर्नुपर्ने बताए । वक्ताहरुले सहकारीलाई सफलरुपमा सञ्चालन गर्न शेयर सदस्य र सञ्चालक समिति दुुवैको महत्वपूर्ण भूमिका रहनेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रमुुख अतिथि जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्माले साझेदारी सहकारी संस्था जिल्लाको एक नमूना सहकारी भएको उल्लेख गर्दै यसको अझ सफलताको कामना गर्नुभयो । उहाँले कुनै पनि सहकारी संस्थाको प्रगति हुनुमा शेयर सदस्यहरुको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । साथै सहकारी संस्थाहरुले आफ्ना वित्तीय विवरणहरु चुस्तदुरुस्त राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै विशिष्ट अतिथि नेफ्स्कून लेखा समितिका केन्द्रीय सदस्य हुमा डिसीले सहकारीमा भएको डुुव्लिकेशनलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । अहिले एउटै व्यक्ति धेरै सहकारीमा सदस्य हुने र अर्काे देखासिखिमा सहकारी खोल्ने क्रम वढेको उल्लेख गर्दै उहाँले यस्ता विकृतिहरु अन्त्य गर्नुपर्ने बताउनुभयो ।
संस्था सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुुत गर्दै सचिव मोतिलाल केसीले हाल देखिएको सहकारी संस्थाहरुबीचको अनावश्यक प्रतिस्पर्धालाई कम गर्न घर–घरमा गएर वचत संकलन गर्ने कार्यलाई निरुत्साहित गर्न सम्पूर्ण शेयर सदस्यहरुमा सहकारी शिक्षाको माध्यमबाट जागरण ल्याई स्वतस्फूर्तरुपमा संस्थामा वचत गर्न आफै उपस्थिति हुने वातावरण सिर्जन गर्ने संस्थाको लक्ष्य रहेको जानकारी दिनुभयो । त्यस्तै शेयर सदस्यहरुका लागि स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, संरक्षित पूँजी फिर्ता कोष स्थापना गर्ने, संस्थाको तीन वर्षे व्यावसायीक योजना निर्माण गर्नेलगायतका संस्थाका आव २०७२७३ का नीतिगत कार्ययोजना भएको केसीले बताउनुभयो । उहाँले २०५९ सालमा ३१ संस्थापक शेयर सदस्यबाट शुरु भएको संस्थामा अहिले शेयर सदस्यको संस्या ९ सय ९० जना पुगेको जानकारी दिनुभयो ।
कार्यक्रममा कोषाध्यक्ष निश्चित आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पूँजी एक करोड ६ लाख ३२ हजार ६ सय रहेकोमा यसवर्ष ३० लाख शेयर पूँजी बृद्धि गरी एक करोड ३६ लाख ३२ हजार ६ सय पु¥याउने र शेयर पूँजी फिर्तातर्फ दुुई लाख राखिने जानकारी दिनुभयो । त्यस्तै गत आवमा १२ करोड वचत संकलन गरिएकोमा यस आवमा १३ करोड संकलन गर्ने लक्ष रहेको र वचत फिर्ता गत आवमा ११ करोड १९ लाख ७१ हजार ४ सय ६६ रुपैयाँ भएकोमा यस आवमा ११ करोड ४१ लाख ४६ हजार ३८ रुपैयाँ आशा गरिएको उहाँले बताउनुभयो । संस्थाले गत आवमा विभिन्न शिर्षकमा पाँच करोड ५५ लाख ६९ हजार ९ सय १४ रुपैयाँ ऋण लगानी गरेकोमा यस आवमा ६ करोड ५० लाख पुु¥याउने लक्ष रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सो अवसरमा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक महेश देवकोटाले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राप्ती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकी, हातेमालो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमानन्द भुसाल, राष्ट्रिय सहकारी बैक घोराही शाखाका प्रबन्धक नारायण वेल्वासे, जलजला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृतिमान पुन, गोरखा वचत तथा ऋण सहकारी संस्थाका सचिव जीतबहादुर घर्ती, साझेदारीका शेयर सदस्यहरु देवमणि गौतम र यमला गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा उत्केष्ट शेयर सदस्य राजेशकुमार श्रेष्ठ, उत्कृष्ट वचत शेयर सदस्यद्धय शारदा पौडेल र लक्ष्मण वाँठा र उत्कृष्ट ऋणी शेयर सदस्य वसन्तकुमार श्रेष्ठलाई सम्मान एवं पुरस्कृत गरिएको थियो । उपाध्यक्ष प्रेम केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव मोतिलाल केसीले गर्नुभएको थियो ।

फोटो ः कार्यक्रमको


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक