सहारा नेपालको नाफा मात्रै आठ करोड


झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले गत वर्ष झण्डै ८ करोड नाफा आर्जन गरेको छ ।
संस्थाले साधारणसभाका अवसरमा आर्थिक वर्ष २०७१÷०७२ मा ७ करोड ९२ लाख ८९ हजार ४ सय २६ रुपैया २६ पैसा नाफा गरेको जानकारी दिएको थियो । यो अघिल्लो वर्षको तुलनामा ५८.०७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७०÷०७१ मा ४ करोड ६० लाख ३९ हजार ६ सय २४ रुपैयाँ ३७ पैसा नाफा गरेको सहकारीका सचिव महेन्द्र गिरीले जानकारी दिए ।
्संस्थामा ८७ हजार महिला र तीन हजार पुरुष सदस्य भएका छन् । झापा,मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथरमा ४५ वटा सेवा केन्द्रमार्फत संस्थाले आफ्नो सेवा दिइरहेको छ । सहकारीले आगामी आर्थिक वर्षमा रु १८ करोड रुपैयाँ मुनाफा गर्ने लक्ष्य लिएको सहकारीका कार्यकारी निर्देशकसमेत रहेका गिरीले जानकारी दिए । उनले थप १० स्थानमा सेवा केन्द्र खोल्ने बतँए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघ (.नेफ्स्कुन)का अध्यक्ष घिमिरेले नेपालमा नै सहारा जस्तो अन्य वित्तिय संस्थाले यत्तिको सामाजिक काम नगरेको जानकारी दिए । उनले सहारा सुरक्षित भएपछि स्थाको शेयर पूँजी बढाउन उनले आग्रह गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन