साझा सहकारी बचाउने मन्त्रीको प्रतिवद्वता


काठमाडौं । सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले साझा सहकारी बताउन आफू क्रियाशील भएर लाग्ने बताएका छन् । chitrabahadur-kc
समक्ष साझा प्रकाशन सहकारीका पदाधिकारीसँगको भेटमा भाषा, साहित्य र प्रकाशनको इतिहास बनाएको उक्त संस्थालाई राज्यले उपेक्षा गरेको गुनासो गरे । प्रकाशनलाई हाल शिक्षा मन्त्रालय मातहत राखिए पनि कार्यप्रकृतिका आधारमा सहकारी मन्त्रालय पनि सम्बन्धित भएकाले यसलाई थप व्यवस्थित गर्न उनीहरुले माग गरेका छन् ।
मन्त्री केसीले प्रकाशनको श्रीवृद्धिका लागी आफ्ना तर्फबाट पहल हुने विश्वास व्यक्त गरे । भेटमा प्रकाशन सञ्चालक समिति सदस्यसमेत रहेका पूर्वशिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा पनि सहभागी भएका थिए ।
यसैबीच नवनियुक्त उपप्रधानमन्त्री तथा सहकारी मन्त्री चित्रबहादुर केसीले वैचारिकरुपले जता भए पनि पेसागतरुपमा ढुक्क भएर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न