एकैपटक आत्म निर्भर बन्न सकिँदैन, प्रयास थाल्नुपर्छ: कोईराला


पूर्व अर्थमन्त्री शंकरप्रसाद कोईरालाले आजको भोलि मुलुक आत्मनिर्भर बन्ने र सबै कुरामा आत्मनिर्भर बन्ने भन्ने कुरा राजनीतिक नारा मात्र भएको बताएका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कोईरालाले देशलाई आत्मनिर्भर बनाउने सम्भावित उद्योगहरूलाई प्रवर्धन गर्दै जानुरपर्नेमा जोड दिँदै भने, ‘चाऊचाऊ र जुत्तामा हामी आत्मनिर्भर छौँ, सिमेन्टमा हुन लागेको अवस्था छ ।’ आर्थिक समृद्धिका लागि पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने र राज्यको नीति पनि सो अनुरूपको हुनुपर्नेमा उनले जोड दिए । शिक्षा र स्वास्थ्यका क्षेत्रमा प्रशस्तै लगानी गर्नुपर्ने र यसले जनताको जीवनस्तर माथि उठाउनुको साथै पैसा र जनशक्तीलाई विदेशिनबाट रोक्ने उनले तर्क राखे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर