सहकारी: हामी सबैको साथी


– नवराज दहाल
हिमाल पहाड अनि तराई मिलेर बनेको हाम्रो देश नेपालको आर्थिक स्तर पनि परिस्थिती अनुसार तल माथि भएको पाईन्छ । गत बैशाख १२ को महाभुकम्पले धेरै ठुलो चोट पाएका हामी नेपाली त्यस समयमा सबैको सहयोगको आशमा बस्न वाध्य भयौँ। हरेक क्षेत्र बाट आ-आफ्नु सहयोग गर्ने क्रम पनी नभएको होइन । तर आर्थिक स्रोत भने बिभिन्न निकायले गरेको सहयोग भन्दा पनि केही कमिकै महसुस भयो । त्यस्तो जटिल परिस्थितीमा आफ्नो उपस्थिति जनाउँदै सबैलाई आफ्नोपन दिने एकमात्र आर्थिक श्रोतको रूपमा सहकारी अगाडि आयो । सबैको सहयोग र साथ बाट हरेक क्षेत्र अनी हरेक बर्ग मिलेर ऊनीहरूकै हितका लागि खोलिएको संस्था नै सहकारी हुन् भनेर चिन्ने गरिएको छ। हामीले आफ्नै गाऊँ अनी आफ्नै क्षेत्रमा आफैँले थोपाथोपा गर्दै जम्मा गरेको पैसा आज सबैको गर्जो टार्ने स्रोत बनेको छ। नत कुनै कानुनी झन्झट नत कसैलाई हार गुहार गर्नुपर्ने आफ्नै समुह अनी आफ्नै स्थानिय समुदायले सञ्चालन गर्ने अनी आफ्नै आँखा अगाडि संस्थाको कारोबार पनि नियाल्न मिल्ने भएकाले आज सहकारी सबैको बिश्वसनिय हुँदै आएको पाईन्छ।
बिभिन्न प्राकृतिक प्रकोपले परेको समस्या टार्न होस् वा कुनै सामाजिक तथा ब्यक्तिगत कार्य गर्न होस् अथवा आफ्नै व्यवसाय सञ्चालन गर्न होस् आज परेको बेलामा आर्थिक सहयोगीका रुपमा सहकारी अगाडी आएको छ। आज देशका हरेक समुदायमा सबैले सहकारीको स्थापना गरेको पाईन्छ। गाऊँगाऊँसम्म बैंकहरू पुग्न नसके पनि बैंकिङ क्षेत्रको अभाब हटाउन सहकारीले गाऊँगाऊँसम्म हरेक क्षेत्रमा आफ्नु उपस्थिती जनाउदै सबै समुदायका मानिसहरूको साथी बनेको पाईन्छ।
सरकारको नितिमा बैंक तथा बितिय संस्थाको चर्चा बढि भएता पनि हरेक नेपाली जो शहरबाट अलग छन् उनिहरुको सम्पूर्ण आर्थिक कारोबार गर्ने संस्थाका रूपमा सहकारी आगाडी आएका छन् । आजको आधुनिक् युग सबै आफ्नो जिवनस्तर उकास्न चाहन्छ त्यसका लागि कुनै न कुनै ब्यवसाय चलाउन चाहन्छन् । हरेक कार्य गर्नको लागि आर्थिक स्थर बलियो हुनु पहिलो प्राथमिकतामा पर्ने गरेको छ। सबैको आर्थिक अवस्था राम्रो हुन नसक्ने अनि कुनै नयाँ काम गर्नु पर्दा खड्किने आर्थिक अभावको खाडल भर्न सहकारीले राम्रो भूमिका खेलेको पाईन्छ । सहकारीले खेलेको सकरात्मक भूमिका अनी यसले देखाएको आफ्नु उपस्थितीले आज सबै नेपाली सहकारीको बारेमा खुलेरै प्रशंसा गर्ने गर्छन् ।
केही बर्ष आगाडी सम्म सहकारि खासै चर्चामा आएको थिएन । आजको अवस्थामा हरेक बर्ग,जाती अनी समुदायलाई कुनै भेदभाव नगरि आफ्नु समान उपस्थिति देखाउने सबैको सहयोगीको रुपमा सहकारि आएको पाईन्छ । आजको दिनमा सहकारी देशको आर्थिक खम्बाको रुपमा अगाडि बढ्दै गएको छ । जताततै गरीब र दु:खी लाई पनि आफ्नु आर्थिक सुत्रमा बाध्ने सहकारी संस्था आज सरकारको आर्थिक र्कार्यकक्रममा पनि प्राथमिकतामा पर्न थालेको छ । सबै तह र तप्काका जनतालाई आर्थिक सुबिधा पुर्‍याउन गतिलो माध्यम सहकारी रहेको महशुस सरकारी निकायले पनि गरेको देखिन्छ।
अन्त्यमा यस वर्ष गएको महाभुकम्पले पारेको आपतमा सम्पूर्ण नेपालीलाई धैर्यधारण गर्ने शक्ती मिलोस् हरेक बिपत्तिमा पनि प्रिय मित्र बन्दै आएको सहकारीले आफ्नु प्रगतिको बाटो अझ आगाडी बढाओस् भन्दै नजिकिँदै गरेको महान् चाड शुभ दिपावलीको अबसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“संकट अघि र पछिको सहकारी भुमिका”
संमृद्ध समाज निर्माणमा सहकारी अभियान प्रवीण सापकोटा
सहकारीलाई बाँध्‍न स्वनियमन
सहकारीका उपलब्धी र चुनौती