सहकारीमार्फत देश आत्मनिर्भर–मन्त्री केसी


काठमाडौं । उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले देशको परनिर्भरता हटाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । बिगतका राज्यकोब गलत नीतिका कारण देशले अहिले समस्या भोगेको चर्चा गर्दै मन्त्री केसीले मुलुक आत्मनिर्भरतर्फ जान हदैसम्मको प्रयत्न गर्ने बताए ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्र्दै मन्त्री केसीले नेपाली जनता आफैले नयाँ संबिधान र सरकार बनाएकोमा अपराध भोग्नुपरेको बताए । ‘उनीहरुले संबिधान रोक्न शिरदेखि पाउँसम्म लागेका थिए, हामीले संबिधान निर्माण रोकेनौं’ उनले भने । ‘के नेपाली जनताले आफै संबिधान निर्माण गर्नु अपराध होे ?’ उनले प्रतिप्रश्न गरे ।
नेपाली जनतालाई पीडा भएपनि राष्ट्रियता, अखण्डता र सार्बभौमसत्ता खतरामा परेर कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारे । ‘जनजीविका अत्यन्त कष्टकर छ तर पनि ग्यास, तेलसँग राष्ट्रियता साट्दैनौं’ उनले भने ।
नाकाबन्दीको मुद्वालाई अन्तराष्ट्रियकरण गरेर तत्काल समस्या समाधान गरिने उनको भनाई थियो ।
संबिधान निर्माणमा एक ढिक्का भएका तीन प्रमुख दललाई आफ्नो स्वार्थ अनुकुल बनाउन नै बाह््य खेल भएको उनले बताए । ‘संबिधान यथाशक्य कार्यान्वयनमा आउँछ, देश नै बिखण्डन हुनेगरी कसैसँग झुकिदैँन्’ उनले भने ।
एउटै मुलुकप्रति अत्याधिक परनिर्भरता बढेकाले अहिले नेपाली जनताले बढी दुःख पाएको बताए । ‘अब देशलाई जतिसक्दो चाँडो आत्मनिर्भरताको बाटोमा लागिन्छ, अब पनि ध्यान नदिए देश कहिले बन्छ’ उनले भने ।
परनिर्भरता चिर्र्र्दै केही वर्षभित्र अधिकांश क्षेत्रमा आत्तनिर्भर बनाउने उनले उद्घोष गरे । कृषिमा ऋणमा सहजता, विद्युत उत्पादनमा तिर्वता दिने उनले सुनाए ।
खुला उदारीकरणका कारण देशले समस्या भोगेको भन्दै उपप्रधान मन्त्री केसीले अर्थनीतिमा हेरफेर गर्न आवश्यक भएको प्रतिक्रिया दिए । सहकारीमार्फत आर्थिक संमृद्वि भएको चर्चा गर्दै मन्त्री केसीले सहकारीमार्फत उत्पादन वृद्वि गरिने बताए । कृषिमा सहकारीबाट नै आत्मनिर्भर हुन सकिने उनको भनाई थियो ।
सहकारीका विकृति, विसंगती अन्त्य गरेर सहकारीमार्फत सबल अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाई थियो । सहकारी ऐन, नियम तत्काल ल्याउनले उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न