लगानी डुब्ने चिन्तामा


बनेपा, २ मङ्सिर । कृषक लगानी डुब्ने चिन्तामा परेका छन् । इन्धनको अभावले समयमा च्याउ खेती गर्न नपाए पछि कृषकको चिन्ता बढेको हो ।
कृषकलाई च्याउको लागत बढने भएपछि लगानी डुब्ने चिन्ता बढेपछि उनीहरु निराश भएका हुन् । कृषकले रु ३२ हजारमा खरिद गर्ने पराल अहिले बढेर रु ९० हजार पुगेको छ । च्याउको बीउ र कच्चा पदार्थसमेत नपाउँदा उनीहरुले तनाब झेलिरहेका छन् । “पाँच रोपनी जमीन च्याउ खेतीका लागि भाडामा लिएको छु तर अहिले इन्धनको अभावले बीउ पाइएको छैन” बनेपाकी लक्ष्मी प्रजापतिले भनिन् ।

च्याउ खेतीका लागि कच्चा पदार्थ र बीउका लागि धेरै ठाउँमा सम्पर्क गरेको उहाँको भनाइ छ । “च्याउबाट भनेजस्तो आम्दानी नहुन सक्छ” उहाँले भन्नुभयो । तीन वर्षदेखि च्याउ खेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी प्रजापतिले इन्धनको अभावले व्यवसाय तहसनहस भएको बताइन् ।
प्रजापतिले १४ वटा छाप्रोबाट विगतमा प्रतिदिन ४०० किलो च्याउ उत्पादन गर्दै आउनुुभएको थियो । “त्यसरी उत्पादन गर्न सजिलो छैन र यसको विकल्प पनि छैन” उनले भनिन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलले च्याउ कृषकको लागत बढने र उत्पादन घटने जोखिम भएको जानकारी दिइन्। जिल्लामा व्यवसायिकरुपमा च्याउ खेती गर्ने कृषक झण्डै ६५० रहेका उनको भनाई छ ।

कृषकले वर्षेनी करिव दुई मेट्रीकटन विभिन्न जातको च्याउ उत्पादन गर्दै आएका थिए । जिल्लामा कन्ये, गोब्रे, डल्ले च्याउको उत्पादन हुँदै आएको छ भने च्याउ फार्ममा रु ८ लाखदेखि रु २० लाखसम्मको लगानी रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन