सहकारी बैकलाई सम्मान


काठमाडौ, आन्तरिक राजश्व बिभागले आज सम्पन्न चौथो राष्ट्रिय कर दिवसको अबसरमा आयोजना गरेको विशेष कार्यक्रममा नेपालमा संचालनमा रहेका सहकारी संस्थाहरुको एक मात्र बैक राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई अधिकतम आयकर दाखिला गरे बापत कदर स्वरुप सम्मान पत्र र दोसल्ला सहित सम्मान गरेको समाचार छ ।

“ समृद्ध राष्ट्र निर्माण र फराकिलो कराधारः करदाता मैत्री एवं सुदृढ कर प्रणाली पूर्वाधार ” भन्ने मूल नाराका साथ सम्पन्न भएको चौथो राष्ट्रिय कर दिवसको अवसरमा बैंकले यस सम्मान आर्थिक बर्ष २०७०/२०७१ मा देशमा संचालनमा रहेका सहकारी संस्था क्षेत्र मध्ये सबैभन्दा बढी आयकर दाखिला गरे बापत प्राप्त गर्न सफल भएको हो, सो कदर सम्मान कार्यक्रममा विशिष्ट अतिथि तथा पदाधिकारीहरु विच माननीय अर्थमन्त्रि  बिष्णु प्रसाद पौडेल  बैंकका प्रवन्ध संचालक  के.वि.उप्रेती लाई दोसल्ला ओढाउदै प्रदान गर्नुभयो ।

हालै जारि भएको संविधानमा उल्लेखित राष्ट्रको तिन खम्वे अर्थनिति मध्येको एक सहकारी क्षेत्र पनि भएकोले बैंकले प्राप्त गरेको यो सम्मान देशका सम्पूर्ण सहकारी संघ र संस्थाको पनि भएको हुँदा आवद्ध सम्पुर्ण सेयर सदस्यहरु तथा सम्पूर्ण सहकारी क्षेत्रलाई सहकारी बैक बधाई ज्ञापन गरेको छ ।

ललितपुरमा मुख्य कार्यालय रहेको बैंकले बर्तमान अवस्थामा ५ सय करोड भन्दा बढी कर्जा प्रवाह गरि, ९ सय करोड भन्दा बढी निक्षेप संकलन गर्दै, बार्षिक १००० करोड भन्दा बढीको कारोवार गरिरहेको छ, बैंकमा हाल करिव ८००० सबै प्रकृतिका सहकारी संघ र संस्थाहरु आवद्ध रहेका छन।

बैंकले सदस्य सहकारी संघ र संस्थाहरुलाई आर्थिक रुपमा सवल बनाउन र आर्थिक सुरक्षा प्रदान गर्न सहकारी क्षेत्रमा नेतृत्वदायी भूमिका निभाउदै आफ्ना ३७ शाखा कार्यालय द्वारा आफ्ना सदस्य सहकारी संघ र संस्थाहरु संग बिभिन्न वित्तीय कारोवारहरु संचालन गर्दै आइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम