महिलालाई उद्यमी बनाउन सके देशमा ठुलो परिवर्तनः सचिव खनाल


काठमडौं,३ मंसिर । घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वरको आयोजनामा विहीवार उद्यमी विकास तालिमको लागि छनौट भएका उद्यमशिल महिला प्रशिक्षार्थीका लागि आयोजना गरिएको लघु, घरेलु तथा साना उद्योग संञ्चालन गर्न महिला उद्यमीको अनुभव एंव सल्लाह सुझाव लिने उदेश्यका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सो अन्तरक्रिया कार्यक्रमको उद्घाटन उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनालले गर्नुभएको थियो ।
उद्योग सचिव जयमुकुन्द खनालले महिलालाई उद्यमी बनाउन सके देशमा ठुलो परिवर्तन हुने बताउनुभएको छ । महिला र पुरुषले उद्यम शुरु गरेमात्र उद्योगको विकास हुने बताउँदै सचिव खनालले भन्नुभयो,महिलालाई उद्यमी बनाउन चाहना र आवश्यकता अनुसारको तालिम दिनुपर्छ । तालिम लिनु अगाडि आफुले कुन उद्योग सञ्चालन गर्न सकिन्छ र त्यस उद्योगको फाईदाको विषयमा महिलाहरु पुर्ण रुपमा सक्षम भएमा मात्र त्यस्ता उद्योग दिर्घकालिन रुपमा चालु रहने र महिला पनि राम्रो आम्दानी गर्न सफल हुने धारणा उहाँको छ । उद्योग सञ्चालन गरेर सफल भएका उत्कृष्ट महिलालाई प्रत्येक वर्ष मन्त्रालयले सम्मान गर्दै आएको सचिव खनालले बताउनुभयो ।
उद्योग मन्त्रालयका सह सचिव यामकुमारी खतिवडाले महिलाले उद्यम गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्नुपर्ने बताउनुभयो । स्वदेशि वस्तु सरकारी निकायमा अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने व्ययवस्था भएकाले अव उद्यमीले निर्धक्क भएर आफना उद्यम र व्यवसायलाई अगाडी बढाउन सहसचिव खतिवडाले उद्यमीलाई आग्रह गर्नुभयो । आर्थिक रुपमा महीला शसक्तिकरण हुन अव लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्नु पर्ने र त्यस्ता उद्योग सञ्चालनका लागि कम पुँजि भएपनि प्रयाप्त हुने धारणा सहसचिव खतिवडाको छ ।
घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले सिप सिकेका महिला आत्मनिर्भर हुने र मनग्ज्ञ आम्दानी गर्दै आएका बताउनुभयो । उद्यमी वन्न चाहने महिलाका लागि माग अनुसारको तालिम समितिले दिदै आएको बताउँदै कार्यकारी निर्देशक ताम्राकारले भन्नुभयो, समाजमा पिछडिएका महिला, दलित, एकल महिला, द्धन्द्धपिडित वर्ग समेत समेटी लघु, घरेलु, तथा साना उद्योग व्यवसायमा संलग्न गराई आय आर्जनमा वृद्धि गरि उनिहरुको जिवनस्तरमा सुधार ल्याउनु आजको आवश्यकता रहेको कार्यकारी निर्देशक ताम्राकार बताउनुहुन्छ ।
आधा भन्दा बढी जनसंख्या भएको महिलाहरुको प्रत्यक्ष सहभागिता विना लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन र विकास सम्भव नरहेको समितिका कामु उपकार्यकारी निर्देशक नारायणमणि लामिछानेले बताउनुभयो । समितिले हालसम्म ६ सय भन्दा बढी महिलालाई तालिम दिईसकेको छ । महिलालाई सिलाईकटाई, व्युटिसियन लगायतका १ सय भन्दा बढी विषयमा तालिम दिदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक