मल प्रयाप्त नपाउँदा कृषक मर्कामा


भीमदत्तनगर, ६ मङ्सिर । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि कञ्चनपुरका किसान भारतीय मलको भरमा गहुँ छरिरहेका छन् ।

खुल्ला सिमानाका कारण यहाँको दोधारा चाँदनी, बेलौरी, पुनर्वासलगायतका क्षेत्रबाट भारतीय सीमावर्ती सहरहरूमा किसानले रसायनिक मल ल्याएर गहुँ छर्नुपरेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा दोधाराबाट जेनतेन गरेर मल ल्याएर गहुँ छरेँ”, कञ्चनपुरको झलारीपिपलाडी–१ का स्थानीय गणेशदत्त ओझाले भन्नुभयो – “भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको छ ।”

अहिले सबैभन्दा बढी दोधारा चाँदनी क्षेत्रबाट भारतीय डिएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ ।

सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । “अनुदानको मल नहँुदा जति पैसा भने पनि मल किन्नै प¥यो”, भीमदत्तनगरपालिका– १९ का किसान रत्तिराम रानाले भन्नुभयो – “मल ढिलो पाउँदा गहुँ छर्न पनि केही समय ढिलो भयो ।”

गत भदौमै अनुदानको मल यहाँ आइपुग्नु पर्ने भए पनि नाकाबन्दी र विभिन्न आन्दोलनका कारण मल कञ्चनपुरमा आउन नसकेको कृषि सामग्री कम्पनी लिमिडेट भीमदत्तनगरले जनाएको छ ।

“नेपाल आउने ३५ हजार मेट्रिकटन मल वीरगन्ज नाकामा रोकिएको छ ।” कृषि सामग्री कम्पनी लिमिडेटका प्रमुख विसन चन्दले भन्नुभयो – “किसानहरू मल नपाएर मर्कामा परेका छन् ।”

“भदौको पहिलो साता नै गहुँको मौसमका लागि मल आइसक्थ्यो ।” प्रमुख चन्दले भन्नुभयो – “यसवर्ष यहाँ मलको हाहाकार नै चलेको छ ।”

विगतका वर्षहरूमा कृषि सामग्री कम्पनी लिमिटेडबाट किसानलाई गहुँको समयमा डिएपी एक हजार मेट्रिक टन, युरिया १५ सय मेट्रिक टन र पोटास ३० टन बिक्री हुने गरेको प्रमुख चन्दको भनाइ छ ।

त्यसैगरी कञ्चनपुरमा साल्टटे«डिङबाट पनि किसानलाई मल बिक्री हुने गरेको थियो । तर यस वर्ष कुनै पनि सरकारी निकायबाट किसानले मल पाएनन् । कृषि सामग्रीसँग रहेको ५८ टन मल भदौमा नै सकिएको कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न