सहकारी पत्रकार समाजको साधारणसभा पुस १७ मा
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को साधारणसभा पुस १७ गते हुुने भएको छ । सिजेएनको बैठकले नेतृत्वसहितको साधारणसभा भएकाले बनिर्वाचत कमिटी पनि गठन गरेको छ ।
सिजेएनको चुनावी साधरणसभा पुस १७ शुक्रबारका दिन हुने भएकाले क्रियाशील साधारण सदस्यहरुको सदस्यता नवीकरण यही मसिर २० गते भित्र गरिसक्नुपर्ने बताइएको छ ।
निवर्बाचनका लागि सहकारी नेपाल डटकमका सम्पादक विपिन शर्माको संयोजकत्वमा इमेज च्यानलका पत्रकार युवराज गौतम र पत्रकार केदार थाक्ले रहेको निर्वाचन समिति गठन गरेको छ ।