सहकारीलाई आर्थिक प्रणालीकारुपमा अंगिकार गर्न माग


कांग्रेसनिकट सहकारीकर्मीहरुले सहकारीलाई आर्थिक प्रणालीका रुपमा अंगीकार गर्न माग गरेका छन् । अर्थतन्त्रमा सहकारी सबल खम्बा बनाउन नसक्दासम्म अर्थतन्त्रको सही विकास हुन नसक्ने भन्दै आर्थिक प्रणालीमा सहकारी प्रमुख एजेन्डा बनाउन सुझाव दिएको हो ।
नेशनल कोअपरेटर्स एलाईन्सले सहकारीलार्ई आफ्नो मुद्वा बनाउन व्यापक लबिङ गर्ने निर्णय गरेको छ । नेपालमा सहकारीको अभ्यास कांग्रेसबाटै भएतापनि कांग्रेसले सहकारीको समुचित सदुपयोगमा क्रियाशीलता देखाउन नसकेको ठहर गर्दै आगामी दिनमा सहकारी आर्थिक प्रणालीको मुख्य आधार बनाउन आग्रह गरेको हो ।
एलाईन्सको सोमबार सम्पन्न बैठकले नेपाली कांग्रेसको विधान संशोधन कमिटीलाई सहकारी मुमेन्ट एड्जस्त गर्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष डिल्ली तिवारीले जानकारी दिए । ‘कांग्रेसले सहकारीलाई आत्मसात गर्न नसकेको हो’–‘उनले भने–‘अब पार्टीले सहकारीलाई आत्मसात नगरी सुखै छैन् ।’
नेशनल कोअपरेटर्स एलाईन्स विगत केही वर्षदेखि सक्रिय छ । सहकारी क्षेत्रमा आफ्नो स्थान सुनिश्चित गर्न प्रजातान्त्रिक सहकारीकर्मी एलाईन्समार्फत सहकारी क्षेत्रमा क्रियाशील देखिएका हुन् ।
यसैबीच एलाईन्सले माघ १५ भित्र सबै जिल्ला समितिको निर्वाचन गर्ने भएको छ । त्यस्तै अञ्चलस्तरीय जिल्लास्तरीय कमिटी बिस्तार गर्ने भएको छ । जिल्ला, क्षेत्रिय अधिवेशन सञ्चालन गर्नका लागि एलाईन्सले कार्यविधिसमेत बनाउने भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक