उद्योग संरक्षणमा सरकारले नयाँ नीति ल्याउने


उद्योगमन्त्री सोमप्रसाद पाण्डेले देशलाई आत्मनिर्भर बनाउन नीजि क्षेत्रको साथ लिएर तत्काल नयाँ नीति अवलम्बन गरिने बताएका छन् । मिडिया इन्टरनेसनलले उद्योग मन्त्रीको स्वागतमा सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेयले चिनबाट इन्धन बाहेकका सामान पनि ल्याउने तयारी भइरहेको जानकारी गराए । उनले सरकारी स्वामित्वमा रहेका उद्योगलाई पनि संचालन तर्फ लैजाने बताए । मन्त्री पाण्डेयले नीजि क्षेत्रसँग सहकार्य गरेरै सरकारले नीतिहरु अबलम्बन गर्ने बताउँदै उद्योगमा आत्मनिर्भरता कायम गर्न केही दिनमै मन्त्रालयले नयाँ योजना सार्वजनिक गर्ने बताए । मन्त्री पाण्डेयले नेपालमा रहेका इन्धनका सम्भाव्यताको छ महिनाभित्रै अध्यन गरिने बताउँदै त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको बताए ।

उनले भारतले लगाएको नाकाबन्दीले नेपाल र भारतको सम्बन्ध धुमिलाउने काम भएको बताउँदै नाकाबन्दी खोल्न भारतलाई आग्रह समेत गरे । उनले नेपालको संविधान संसोधन गरेरै भएपनि आन्दोलन पक्षसँग सहमति कायम गर्न सरकार तयार रहेको उल्लेख गर्दै अराजक आन्दोलन बन्द गरेर राजनीतिक रुपमा अघि बढ्न मधेसी दलहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले नेपाली उद्योगको अबस्था अत्यन्तै कम्जोर भएको उल्लेख गर्दै सरकारले उद्योग संरक्षणको नीति तत्काल सुरु गर्न ढिलाई गर्न नहुने बताए । उनले राजनीतिक नेतृत्वमा आर्थिक दृष्टिकोण नभएका कारण मुलुक अफ्ठ्यारो अबस्तथामा आइपुगेको बताए ।
कार्यक्रममा रेमिटर्स एसोसियसनका अध्यक्ष एवं प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले बैंकिङ क्षेत्रमा नाकाबन्दीको प्रभाव हालसम्म नदेखिएपनि केही समयपछि देखा पर्ने संकेत आएको बताए । त्यसैगरी राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले मुलुकमा उत्पादन हुने बस्तु समेत विदेशबाट आउनु लज्जाको अबस्था भएको भन्दै देशमै सम्भव भएका उत्पादनलाई फोकस गरेर नीति बनाउन सरकार समक्ष आग्रह गरे । कार्यक्रममा नेपाल औषधि उत्पादन संघका बरिष्ठ उपाध्यक्ष दिपक प्रसाद दाहाल, फूटवेयर एसोसियसनका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद फूँयाल, नेपाल कफी व्यबसायी महासंघका संस्थपक अध्यक्ष ढकेश्वर घिमिरे, नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष सुभास भण्डारी लगायतले नाकाबन्दीमा नेपाली उद्योग क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन