साउदीमा ७० हजार नेपाली एमआरपी बिहीन


साउदी अरब, ८ मङ्सिर । साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ । हस्तलिखित राहदानी विस्थापन गर्ने अन्तिम प्रयत्न गरिएपनि एमआरपी नहुदाँ समस्या परेको छ ।

ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका ती नेपाली समस्यामा पर्ने भएका छन् । झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा ६० देखि ७० हजार नेपालीसँग यन्त्रले पढ्ने राहदानी नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

हस्तलिखित राहदानी भएकाहरुमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत समस्या पर्ने भएको हो । एमआरपी बनाउनका लागि दूतावासले पटक पटक सूचना जारी गरेको भए पनि यहाँ रहेका नेपालीले त्यसतर्फ चासो नदिँदा ठूलो सङ्ख्यामा एमआरपी बनाउन बाँकी देखिएको कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो ।

अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाम क्षेत्रमा हरेक साता पाँच सय जनासम्मको आवेदन आउने गरेको छ । एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्ने भएकाहरुका लागि यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिन्ुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर