सहकारीको आम्दानीको श्रोत बन्दै बाख्रापालन


पोखरा, ८ मङ्सिर । कास्कीको एक कृषि सहकारीले दसैं र तिहारको अवसरमा खसीबोका बिक्री गरेर रु दुई लाखभन्दा बढी आम्दानी गरेको छ ।

जिल्लाको हंंसपुर गाविसमा सञ्चालित आरुखर्क कृषि सहकारी संस्थाले स्थानीय आरुखर्कमा सुरु गरेको बाख्रापालन फार्मबाट उत्पादित २० वटा खसीबोका गाउँमै बिक्री गरी उक्त आम्दानी गरेको हो ।

संस्थाले हंसपुर गाविस–४ मा खरिद गरेको ६० रोपनी जग्गामा आधुनिक खोर निर्माण गरेर ३० वटा स्थानीय जातका माहु बाख्रा र एउटा उन्नत जातको बोको खरिद गरी एक वर्षअघि बाख्रा पालन सुरु गरेको थियो । बाख्रापालन फस्टाएसँगै फार्ममा हाल ८० वटा माहु बाख्रा पुगिसकेका छन् भने रु ४० लाखभन्दा बढी लगानी भइसकेको सहकारीका अध्यक्ष प्रेम भुजेलले जानकारी दिनुभयो ।

स्थानीय पूँजी, घाँस र जनशक्तिमा आधारित फार्म सञ्चालनको लागि सहकारीमा आवद्ध ३८ जना शेयर सदस्यले रु १० हजारदेखि रु तीन लाखसम्म लगानी गरेको उहाँको भनाइ छ । “फार्ममा दुई सय माहु बाख्रा पु¥याउने संस्थाले लक्ष्य राखेको छ” उहाँले भन्नुभयो ।

सहकारीले आफ्नो जग्गामा राई खनियो, वडहर र टाँकीजस्ता बाख्राको लागि पोसिलो घाँसको १७ हजार बिरुवा रोपेर आवश्यक घाँससमेत उत्पादन गरेको छ । जिल्ला कृषि विकास कार्यालयको अनुदानमा तीन सय मिटर पाईप प्राप्त भएपछि पानीको सुविधा भएको छ भने सहकारीको लगानीमा रामकोटदेखि बाख्राफार्मसम्म करीब दुई किलोमिटर कच्चि मोटर बाटोसमेत निर्माण गरिएको छ ।

बाख्रापालनका साथै सहकारीले सो स्थानमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै मनग्य आम्दानी लिँदै आएको अध्यक्ष भुजेलको भनाइ छ । सहकारीले १० हजार माछाका भुरा छोड्न सक्ने क्षमताको एउटा पोखरीसमेत निर्माण गरी माछापालनसमेतको तयारी गरेको छ ।

संस्थाले दुई सय बाख्राको लागि आधुनिक खोर र आवासीय भवन निर्माण गर्नुका साथै तीन जनालाई प्रत्यक्ष रोजगारसमेत दिँदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन