भूकम्प प्रभावित किसानलाई जापानको सहयोग
काठमाण्डौ, मंसिर ९ केन्द्रीय कृषि सहकारी संघ जापानले नेपालका भूकम्प प्रभावित जिल्लाका किसानहरुलाई प्रविधी हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भूकम्पवाट प्रभावित किसानहरुको आय आर्जन सुधारका लागि कृषि प्रविधी, शिप, दक्षता लगाएत आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय कृषि सहकारी संघ जापानका प्रतिनिधीले जानकारी दिएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा नेपालमा गर्न लागिएको कार्यक्रम तत्कालका लागि ४ वटा जिल्लामा गरिने नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम वहादुर पाठकले जानकारी दिनुभयो । भुकम्प गएको महिनौ वितिसक्दा पनि किसानहरु सहजरुपमा आप्mनो दैनिकीमा फर्कन नसकेको अवस्थामा जापानबाट प्राप्त भएको सहयोगलाई सहि सदुपयोग गर्दै किसानहरुलाई आर्थिक रुपमा सवल वनाउँदै लैजाने नेपाल कृषि सहकारी केन्द्रीय संघका महा–प्रवन्धक रुद्र भट्टराईले वताउनुभयो ।
केन्द्रीय कृषि सहकारी संघ जापानका उपाध्यक्ष तोसियूकी मोरिनागाले नेपालको कृषि र किसानको उन्नती प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाउनुभयो । कृषिमा थोरै किसानको सहभागिता रहे पनि प्रविधि र सहयाताले जापान आत्मनिर्भर भएको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष मोरिनागाले नेपालमा पनि आप्mनो अनुभव हस्तान्तरण गर्न तत्पर रहेको वताउनुभयो ।