वैदेशिक रोजगारका विकृति निराकारण गर्न आयोगको आग्रह


काठमाडौं, मंसिर १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग(अदुअआ)ले वैदेशिक रोजगार क्षेत्रका विकृति निराकरण गर्न सम्बन्धीत निकायलाई आग्रह गरेको छ । आयोगले बिहिबार सरोकारवाला निकाय समिलित पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारी क्षेत्रमा देखिएका विकृति निराकरणमा कन्जुस्याई गर्ने कर्मचारीमाथि निगरानी बढाउनेसमेत चेतावनी दिएको छ ।
वैदेशिक रोजगारीमा जाने कामदारहरुले विदेश जाबने प्रारम्भीक अवस्थादेखि विदेशबाट फर्केपछि पनि विभिन्न समस्या बझेल्नुपरको लगायतका गुनासा आएपछि आयोगले स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । आयोगले आयोगले कतार, मलेसिया र सिंगापुरमा स्थलगत अध्ययन गरी वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको हो ।
आयोग ऐन, २०४८ को दफाब २८ बमोजिम सम्बन्धित निकायालाई लेखी पठाइएको वैदेशिक रोजगारमा पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहमहान्याधिवक्ता पदम पाण्डेले जानकारी दिए ।
आयोगले विद्यमान कानूनी व्यवस्थाहरुको कार्यान्वयन गर्न, वैदेशिक रोजगारका नीतिगत सुधार गर्न, कानुनी सुधार गर्न, संस्थागत एंव संरचनागत सुधार गर्न, कुटनीतिक कार्यमा सुधार गर्न, कर्मचारी व्यवस्थापनमा सुधार गर्न, श्रमिकहरुको क्षमता अभिवृद्वि गर्न सुझाव दिएको छ ।
आयोगले सुझावहरु कार्यान्वयन गर्न अन्तर निकाय समन्वय र अन्य सहयोगको आबश्यकता परेकाले आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सुझाव कार्यान्वयन गर्न सुझाव दिएको आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहसचिव एंव्म प्रवक्ता पुष्करले सुझाव कार्यान्वयनमा उदासिन रहने निकाय र कर्मचारीमाथि विेशेष अनुसन्धान गरिने चेतावनी दिए । त्यस्तै सुझाव कार्यान्वयन गर्न आयोगले समयसमयमा अन्तरक्रिया गर्ने जनाएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, कृषि बिकास मन्त्रालयलगायत सुझाव कार्यान्वयन गर्न सुझाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर