कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा रहेर एलाइन्स अझ सुदृढ र मजबुत हुन्छ


काठमाडौं, ११ मंसिर- नेशनल को-अपरेटर्स ‍एलाईन्स नेपाल प्रजातान्त्रिक समाजबादमा विश्वास राख्ने सहकारीकर्मीहरूको संगठन हो । २०६८ सालमा स्थापित यस संस्थाले केहि महिना अघि मात्र आफ्नो प्रथम महाधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति गठन गरेको थियो ।
राज्यले सहकारीलाई पनि मुलुकको अर्थतन्त्रको पिलरको रूपमा स्वीकारेर तीन खम्बे अर्थनीति अवलम्वन गरेको छ र यो कुरा नेपालको संविधान २०७२ मा पनि लिपिवद्ध छ । नेपालका प्रत्येक राजनीतिक दलले सहकारीलाई बुझ्न, सहकारीमा आधारित अर्थतन्त्रलाई महत्व प्रदान गर्न र मुलुकको आर्थिक विकासका लागि सहकारी मार्फत कार्यक्रम लैजान आवश्यक भएको अवस्थामा हामी वैचारिक रूपले जुन पार्टीसँग निकट छौँ अथवा भनौँ जुन पार्टीले हाम्रो जस्तै प्रजातान्त्रिक समाजवादको विचारलाई प्रबर्धन गर्छ उसले सहकारीलाई बुझ्न जरूरी छ ।

राज्यले अवलम्बन गर्ने कुनै पनि नीतीको संवाहक राजनीतिक दल नै हुन् । नेपाली काँग्रेस प्रजातन्त्रिक समाजबादमा विश्वास राख्नेहरूको संगठन हो । तसर्थ हामीले नेशनल कोअपरेटर्श एलाईन्सको स्थापना हुनुपुर्वनै, जुनबेला हामी भर्खर संगठित हुँदै थियौँ, हामीले पार्टीको बाह्रौ महाधिवेशनमा पनि सहकारीका बारे सुझाव दिएका थियौँ ।

पार्टीका उच्च पदस्थ नेताहरूलाई पनि पटकपटक सहकारीका समस्या, सहकारीको आवश्यक्ता र सहकारीका सम्भावनाका बारेमा जानकारी गराएका थियौँ । पक्कै पनि सहकारीका बारेमा धारणा बनाउनका लागि पार्टीलाई त्यो सुझाव उपयोगी भयो भन्ने हामीले महशुस गरेका छौँ । बाह्रौ महाधिवेशनबाट नै पार्टीले सहकारी विभागको गठन गर्यो । विभाग गठन पश्चात हामी निरन्तर रूपमा सहकारी विभागका प्रमुख माननीय बालकृष्ण खाँडसँग सम्पर्कमा छौँ र एलाईन्सका गतिविधि बारे उहाँ जानकार हुनुहुन्छ । सहकारी विचार नेपालमा बी।पी। कोईरालाले भित्र्याएका हुन् र यस कुरालाई पार्टीले आत्मसात पनि गरेको छ । बिचको केही समय पार्टीले यसमा आफ्नो स्वामित्व दाबि नगर्दा सहकारीको नेतृत्व हाम्रो हातबाट बाहिर गएको कुरा आज नेपाली काँग्रेस पार्टीले पनि बुझेको छ र सहकारीलाई प्रवर्धन र विकास गर्ने काममा काँग्रेसले अग्रसरता लिन्छ भन्ने हामीलाई विश्वास छ ।

नेपाली काँग्रेसको तेह्रौ महाधिवेशनको मिति नजिकिँदै गर्दा हामीले पार्टीसँग सम्बन्ध स्थापित गरेर जानुपर्छ भन्ने कुरा महशुस गर्यौँ । नेशनल को(अपरेटर्स एलाईन्स नेपालको केन्द्रिय कार्यसमितिको हालै बसेको पूर्ण बैठकमा संस्थाको सुदृढिकरण र संगठन विस्तारका थुप्रै एजेन्डा माथि विचार विमर्श र निर्णय भए । यहि क्रममा बैठकमा संस्थालाई पार्टीको आगामी महाधिवेशनमा शुभेच्छुक सदस्य संस्थाको रूपमा लैजाने प्रस्ताव पेश गर्ने निर्णय पनि गरियो । हामी पार्टीको भातृ संगठनको रूपमा रहने भन्ने कुरा कुनै सदस्यबाट पनि आएन र शुभेच्छुक सदस्यका रूपमा रहनेमा कसैबाट विरोध पनि भएन । एलाईन्सले पार्टीको हस्तक्षेपकारी भूमिका खोजेको होईन । मुलुकको अर्थतन्त्रकै एउटा महत्वपूर्ण क्षेत्र सहकारीको व्यवसायिक संगठनका रूपमा हामी एलाईन्सलाई क्रियाशिल गराईरहनेछौँ । शुभेच्छुक संस्थाको निर्णयमा पार्टीले हस्तक्षेप गर्न मिल्दैन र काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले त्यो गर्दा पनि गर्दैन । शुभेच्छुक संस्थाको रूपमा रहँदा पार्टीले हाम्रो सुझावलाई आधिकारिकता दिन्छ, नरहँदा त्यो नहुन पनि सक्छ ।

एलाईन्सको अनुपस्थितिमा सहकारीको पार्टीको प्रत्यक्ष प्रभाव पर्न सक्छ जसरी हामीले अन्य पार्टीको प्रभाव सहकारीमा देखि राखेका छौँ । तसर्थ पनि हामी नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्थाका रूपमा रहेर सहकारीका विषयमा नेपाली काँग्रेसले सहकारीका विकासका लागि अझ बढि चासो देओस् भन्ने चाहन्छौँ । नेशनल कोअपरेटर्श एलाईन्स नेपाल सहकारीकर्मीहरूको संगठन भएकोले यो सहकारी पद्दतिमा विश्वास गर्ने संस्था हो । यसमा कुनै पनि किसिमका राजनीतिक विवादहरू आउँदैन भन्नेमा हामी विश्वस्त छौँ । शुभेच्छुक सदस्यका रूपमा रहेर एलाइन्स अझ सुदृढ र मजबुत हुन्छ र यसले नेपालको सहकारी आन्दोलनलाई सहि मार्गमा डोहोर्याउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछ ।

(सहकारी नेपाल डटकमसंगको कुराकानीमा आधारित)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक