रचनात्मक कारोबार गर्दै श्री लालीगुरास सहकारी


काठमाडौं, १९ मंसिर-पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारी लगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको जनाएको छ । संस्थाका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले चालु आ.व. ०७१/०७२ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउनसक्ने चुनौतिको बारेमा जानकारी दिएका थिए ।मुलुकमा रहेको सहकारीको अवस्थाबारे जानकारी गराउदै उनले वित्तिय कारोबारमा सहकारी संस्थाहरुको योगदान २५ प्रतिशत भन्दा बढी अर्थात ४०० अर्ब भन्दा बढिको वित्तिय कारोबार सहकारी संस्थाहरुबाट भएको जानकारी दिए । देशको कुल ग्राहस्थ उत्पादनमा सहकारी क्षेत्रको योगदान सार्वजनिक हुन नसकेको वर्तमान परिस्थितीमा सहकारी संस्थाहरुलाई थप व्यवस्थित गर्दै क्षमता अभिवृद्धि गर्न, कृषि क्षेत्रमा लगानी बृद्धि गरी रोजगार तथा कुल ग्राहस्थ उत्पादनमा समेत अभिबृद्धि गर्न विभिन्न किसिमका रणनीतिहरु अबलम्बन गर्नु अपरिहार्य रहेको बताउनुभयो । उनले सरकारको तीन खम्बे अर्थ नीतिको लक्ष्य पुरा गर्न व्यापक  रुपमा यस क्षेत्रमा लगानी बृद्धि गरी सहकारीको माध्यमबाट समग्र देशको विकास हुन सक्दछ भन्ने सम्पूर्ण सहकारीकर्मीहरुको धारणा रहेको उल्लेख गर्नुभयो । संस्थाले चालु आ.व.मा सरकारलाई ३ करोड ६८ लाख ८३ हजार ७ सय ४ राजश्व बुझाएको छ । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । संस्थाको ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ स्थानमा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ । यस संस्थाले आ.ब. २०७१÷७२ मा ७ करोड ४५ लाख ५० हजार ४ सय ३ रुपैया मुनाफा आर्जन गरेको छ । त्यसै गरी, २०७०÷०७१ को कूल कारोबार ३ अर्ब ३३ करोड ६८ लाख ६१ हजार ६ सय ५७ रहेकोमा चालु आ.व. मा १३ दशमलब ५३ प्रतिशतले बृद्धी गरी कुल कारोवार ३ अर्ब ७८ करोड ८१ लाख ९६ हजार ८१ रुपैया पु¥याएको छ । संस्थाको आ.व. २०७०÷०७१ मा २ अर्ब ८५ करोड २९ लाख ५८ हजार ३ सय ६ रुपैया निक्षेप रहेकोमा आ.व. २०७१÷०७२ मा १३ दशमलब ४९ प्रतिशतले बृद्धी भई ३ अर्ब २३ करोड ७७ लाख ९७ हजार ४ सय ८७ रुपैया पुगेको छ । कर्जा लगानी तर्फ आर्थिक वर्ष २०७०÷७१ मा २ अर्ब ९ करोड ८० लाख ७३ हजार ४ सय ७७ रुपैया रहेकोमा, चालु आ.व. मा ७ दशमलब ९६ प्रतिशतले वृद्धी भई २ अर्ब २६ करोड ५१ लाख ३२ हजार २ सय ३९ रुपैया पुगेको छ । शेयर पूँजी तर्फ २०७०/७१ को कुल शेयर पूँजी २५ करोड ६५ लाख ५३ हजार ४ सय मात्र रहेकोेमा आ.व. २०७१/७२ मा १० दशमलब ०५ प्रतिशतले बृद्धी भई २८ करोड २३ लाख ४४ हजार ९ सय रहेको छ । १४ हजार १ सय ९७ जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपािलका नेपालको सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याइएको छ । २०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ आश्विन १५ गतेबाट आफ्नो कारोबार सुरु गरेको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आएको छ । संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि., श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रा.लि., जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रा.लि., भैरवकुण्ड हाईड्रोपावर प्रा.लि. लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक