कांग्रेसले सहकारी बुझेन–ओमदेवी


राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् संसद ओमदेवी मल्लले आफ्नो पार्टी कांग्रेसले सहकारी बुझ्न नसकेको आरोप लगाएकी छिन् ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाको आयोजना तथा सहकारी नेपालको प्रस्तुती ‘सहकारी मेच’मा कुराकानी गर्दै मल्लले पार्टीले सहकारीलाई प्राथमिकता दिन नसक्दा सहकारीका कुनै संरचनामा बलियो पकड बनाउन नसकिएको  बताइन् । ‘पछिल्लो समयमा कांग्रेसको ध्यानाकर्षण भएको छ, अब महाधिवशेन पश्चात कांग्रेसले सहकारीलाई अर्थतन्त्रको मूल प्रवाहमा समावेश गर्ने छ’ उनले भनिन् ।
सहकारीमार्फत नै औद्योगिक क्रान्ति गर्न सकिने भएपनि राज्यले सहकारीलाई समुचित प्रयोग गर्न नसकेको उनको भनाई थियो । नीति, नियम अपूरो भएका कारण सहकारीले प्रगती हाशिल गर्न नसकेको उनले बताइन् । विपीले नेपालमा सहकारी भित्र्याए पनि कांग्रेसले सहकारीलाई अझै बुझ्न नसक्दा कम्युनिष्टको हातमा सहकारी गएको उनले बताइन् ।
बाँचुञ्जेल सहकारीमा रहने भन्दै मल्लले सहकारीभन्दा बाहिर नजाने प्रतिवद्वता व्यक्त गरिन् । ‘पार्टीमा पनि मलाई सहकारी नै हेर्ने जिम्मेवारी दिइएको छ, म पार्टीमा पनि सहकारीकै काम गर्छु’ उनले भनिन् ।
राष्ट्रिय सहकारी संघको अध्यक्ष बन्ने सपना रहेको भन्दै मल्लले आउँदो कार्यकालमा अध्यक्षको उम्मेदवार बन्ने बताइन् ।
सहकारीका समस्या समाधान गर्न राष्ट्रियस्तरको समिति बनाएर अघि बढ्नुपर्ने सुझाव दिइन् । मन्त्रालयका कर्मचारी र सहकारी अभियान्ताहरुबीच कुरो मिल्न नसक्दा ऐन आउन ढिलाई भएको उनले बताइन् । गौरीबहादुर कार्कीले दिएको सुझावका आधारमा ऐन ल्याइएकाले त्यसले ५० प्रतिशत भन्दा बढी सहकारी झन समस्यामा पर्ने भन्दै उक्त ऐन रोकेको उनले बताइन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान