हजुरको त्रिवेणाीमा नयाँ नेतृत्व


काठमाडौ । बहजुरको त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
तीन वर्षे कार्यकालका लागि सनोज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा बिनोद ढकाल, सचिवमानिरञ्जन ढुंगान ा,कोषाध्यक्षमा साधुराम घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा मेदिनी प्रसाद ढकाल, सविता पुडासैनी , मनोज पुडासैनी, उद्धव पुडासैनी, प्रचण्ड कुमार पुडासैनी छन् ।

त्यस्तै साधारणसभाले दिपककुमार पुडासैनीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गरेको छ । लेखा समितिको सदस्यमा शोभा डोटेल र दिपेन्द्र ढकाल छन् । त्यस्तै ऋण उपसमितिमा मेदिनी प्रसाद ढकाल संयोजकमा चुनिएका छन् भने रबिन्द्र कुमार ढकाल र शुशिल भण्डारी सदस्य रहेका छन् । त्यस्तै साधारणसभाले श्रीधर पुडासैनीको संयोजकत्वमा शिक्षा उप समिति गठन गरेको छ । सदस्यमा शंकर पुडासैनी र सञ्जय पौडेल छन् ।
साधारणसभाका अबसरमा संस्थाको शेयर पूँजी १७ लाख ७८ हजार ४ सय रुपैयाँ रहेको छ । संस्थाले ९८ लाख ५१ हजार ६ सय ९५ रुपैयाँ बचत गरी ८५ लाख ७४ हजार ५ सय ४७ रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाले १ लाख ९ हजार ८ सय ५२ रुपैयाँ खुद बचत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले देशमा सहकारीको संख्यामा उल्लेख्य मात्रामा वद्धि भएको र यसलाई गुणात्मक विकासको लागि सरकारले सहुलियत तथा सुविधा सहितको मर्जर नीति अगाडी ल्याउनु पर्नेमा जोड दिनुपर्ने बताए । त्यसै गरि उनले यदि सहकारीले पैसा खरीद गर्ने र बिक्री गर्ने मात्र भूमिका निर्वाह गरि सामाजिक उत्तरदायित्वलाई पन्छ्याउँदै अगाडी बढेमा उक्त सहकारी लामो समयसम्म चल्न नसक्ने कुरा पनि सधारण सभा समक्ष अवगत गराए । संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्दछ र उक्त सदस्यले सोही क्षेत्रमा संस्थाबाट लगेको ऋण रकम परिचालन गरेको हो वा होईन भन्ने कुरा पनि नीजको छिमेकमा रहेका संस्थाका अन्य सदस्यहरुले निगरानी गर्नुपर्नेमा जोड दिए । संस्थाको मेरुदण्ड भनेकै जगेडा कोष सहित अन्य कोषहरु भएको हुनाले यस्ता कोषहरुलाई सदैव मजबुद गर्ने विषयमा संस्था सदैव क्रियाशील हुनु पर्ने उनको भनाई थियो ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रतिनिधि महाप्रसाद गुरागाईले सहकारीले नीति नियम, मापदण्ड र ऐनभित्र रहेर आफ्नो कार्यक्षेत्रलाई लक्षित गरि विभिन्न किसिमका रचनात्मक कार्यक्रम गर्नुपर्ने जोड दिए ।, त्यसै गरि काठमाडौं वचत संघका अध्यक्ष श्री शम्भु प्रसाद घिमिरेले कास्कूनले हिजोको त्यस्तो परिस्थिीतीबाट गुज्रिएको कास्कून रु. १० करोडको कारोबार गर्न सफल जानकारी गराउँदै कास्कूनसँग हातेमालो गर्न बाँकी रहेका सहकारीलाई यथाशीर्घ सदस्यता ग्रहण गरि हातेमालो गर्न अनुरोध गरे । संस्थामा बढी तरलता भएमा सोचेजती नाफा कमाउन नसक्ने यथार्थलाई सबैले स्वीकार्नु पर्ने उनको भनाई थियो । संस्थाका अध्यक्ष सनोज भट्टराईले सहकारीले सदस्यको जीवनस्तर उकास्नका लागिव लगानी गरिरहेको बताए ।
कार्यक्रममा छिमेकी सहकारीका प्रतिनिधिहरु क्रमशः चौतारी साकोसका सचिव तुल्सीराम पुडासैनी, जनशक्ति कृषी साकोसका अध्यक्ष शालिकराम पुडासैनी, त्रियोकाव साकोसका सचिव सुनकुमार नगरकोटी, यूनिफिकेशन साकोसका अध्यक्ष कमलराज अधिकारी, विश्वज्योती साकोसका संस्थापक अध्यक्ष गोविन्द प्रसाद काफ्ले, कानूनी सल्लाहकार श्री प्रदिप कुईकेल, सल्लाहकार प्रदिप पुडासैनीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक