सहकारी मार्फत सदस्यहरुलाई उद्यमी र व्यवसायी बनाउन जरुरी छ


-सरिता तिमसिना भट्टराई-

सहकारी यस्तो क्षेत्र हो जस मार्फत समुदायमा रहेका व्यक्तिहरुलाई सहकारीमा आवद्ध गराई उनीहरुको स–सानो पुंजी, श्रोत र साधनको सदुपयोग गर्दछ । यसले सदस्यहरुलाई व्यवसायी र उद्यमी बनाउदै आर्थिक सामाजिक रुपमा सवल, शसक्त र सम्पन्न बनाउने एक सुन्दर क्षेत्र भएकोले म सहकारी प्रति आकर्षित भएकी हुं ।

विभिन्न सामूहिक सामाजिक कार्यमा सहभागी भइ रहे पनि विधिवत रुपमा १२ वर्ष अगाडि बालकोटस्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्थाको भक्तपुरमा दर्ता गरि ८ वर्ष अध्यक्ष भइ जिम्मेवारी पुरा गरें । त्यस्तै २०६५ साल देखि राष्ट्रिय सहकारी बैंकको संचालक समिततिको सदस्य भइ कार्य गर्दै आएको छु । मेरो अनुभवमा जुन क्षेत्रमा आफु लागिन्छ त्यस क्षेत्रको पुर्ण रुपमा ज्ञान हुन जरुरी छ भन्ने सोच बनाएर विभिन्न देश विदेशका तालिमहरुमा सहभागी भइ त्यहां देखेका सिकेका सैद्धान्तिक कुराहरुलाइ आफ्नो क्षेत्रमा व्यवहारमा कार्यान्वयन गर्ने पहल गर्न थाले । जसले गर्दा सदस्यहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा बृद्धि भइ सोचमा परिवर्तन, उद्यमी तथा व्यवसायिक बन्न सफल र प्रत्येक परिवारमा आर्थिक स्थितिमा सुधार आउनुले नेतृत्वका हिसावले सन्तुष्ट प्राप्त भएको छ । राष्ट्रिय सहकारी बैंकको संचालक समितिको सदस्यमा निर्वाचित भए पछि मेरो जिम्मेवारी झन फराकिलो भयो । देशभरिको एक मात्र बैक र ७५ जिल्लाका सहकारी संस्थाहरु यसमा आवद्ध भएकोले उनीहरुलाई बित्तीय सेवाका साथै अन्य के सेवा दिने भन्ने सोचका साथ बंैकमा आवद्ध सदस्य संस्थाका सदस्य, कर्मचारी र नेतृत्वहरुलाई सुसुचित गराउने सदस्य संस्थाहरु नियम संगत भएमात्र बैंकमा पनि कुनै प्रकारको समस्या नआउने रहेछ त्यसका लागि निरन्तर तालिम एक माध्यम भएकाले तालिम लिने दिलाउने कार्यमा कटिवद्ध भएकी छु ।
सहकारीलाइ नियमित अध्ययन गर्ने विधार्थीको नाताले सहकारी सिद्धान्त मूल्य मान्यतालाई आत्मसाथ गर्दै सहकारीको सैद्धान्तिक ज्ञान लिएर व्यवहारमा उर्तानुपर्छ भन्ने मान्यता राख्दछु । सिद्धान्त एकातिर र व्यवहार अर्कै भएमा सहकारी चलाउन समस्या हुन्छ ।
त्यसैले सहकारी मार्फत विकसित देश जापान, ईजरायल, थाइल्यान्ड, भारत आदिमा सहकारी कसरी अगाडी बढे ? नेतृत्व लिंदा आउने अवसर तथा झेल्नु पर्ने समस्याको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे भारतमा सहकारी सम्बन्धी डिप्लोमा अध्ययन गरेका तथा जापान र थाइल्यान्डमा सिकेका कुरालाई सहकारी आन्दोलनमा लाने प्रयास गरेकी छु र त्यसलाई यहां कार्यान्वयन गराउने बैकको तर्फवाट मेरो प्रमुख जिम्मेवारी रहयो र यो कार्य गर्न पाउंदा म सन्तुष्ट प्राप्त गर्दैछु ।
भरसक त सबैको मन राखेर काम गर्ने कोशिस गरेको छु ,तर काम गर्ने क्रममा नेतृत्वमा बसेपछि केही न केहि असजिला पक्षहरु त आउछन नै सबैको इच्छा एकै चोटी पुरा गर्न नसकिएला तर निरन्तररुपमा काम गर्दै अनुभव हासिल गर्दै जांदा त्यसवाट अनुभव र ज्ञान प्राप्त हुन्छ र भविश्यमा नेतृत्व बहन गर्ने क्षमताको विकास हुन्छ र संस्थाको दिगोपनको लागि समेत यो उपयोगी हुन्छ । आपसी समझदारीको कमी, इस्र्या गर्ने प्रवृत्ति र नेतृत्वका लागि अस्वस्थ प्रतिस्प्रधा हुनाले सक्रिय रुपमा काम गर्ने क्रममा जस् अब्जस् आउँन सक्दछ, त्यस्लाई सहज रुपमा नियम र तर्क संगत तरिकाले सम्हाल्दै जानु पर्छ भन्ने मलाइ लाग्छ । महिला महिला मात्र नभएर पूरुषहरुसँग समेत सहकार्य गर्दै अगाडी बढ्नुु आजको आवश्यकता हो भन्ने मेरो अनुभव हो ।
त्यसै पनि हाम्रो समाजमा महिला अगाडी बढ्दा खुट्टा तान्ने प्रवृती पुरानै हो । एकातिर पुरुषहरुले महिलाहरुलाई अगाडी बढाउन सहयोगी भूमिका निभाएका छन् भने अर्को तिर समाजमा पुरुषबादी सोंच भएका केहि व्यक्तिहरुले आफ्नो निहित स्वार्थ पुरा नहुंदा महिला–महिलाबीच झगडा गराउन अप्रत्क्ष्यरुपमा भुमिका निर्वाह गरेको देखिन्छ । मैले पनि त्यस प्रकारको समस्या झेल्नु प¥यो तर, सबै साथीहरु एकजुट भएर यस्ता समस्याहरुलाई पन्छाउंदै यो आफ्नो कार्यमा आउने नया कुरा हो र यसलाई मेरो सिकाइको एउटा अध्याय हो भन्ने ठान्दै सहाकारी क्षेत्रको हित र उन्नतीको निम्ती निरन्तर रुपमा आफ्नो उद्देश्य अनुरुप अगाडि बढीरहेकी छु ।
मेरो विचारमा, सहकारी भनेको पैसा किन्ने र बेच्ने मात्र हैन सहकारी मार्फत सदस्यहरुलाई उद्यमी र व्यवसायी बनाउन जरुरी छ । कृषि उत्पादन, उद्योग व्यवसाय मार्फत सदस्यका साथै देशलाई समेत आत्म निर्भर बनाउने योजना ल्याउन पहल गर्नु पर्दछ । सहकारीका प्रत्येक सदस्यहरुले संस्थाबाट उसलाई आवश्यक सेवा पाउनु पर्छ र संस्थाका पदाधिकारीहरुले सदस्यहरुको आवश्यकताको पहिचान गरि सेवा दिन तल्लिन हुन पर्दछ । नजानेका कुरा सिक्न र सिकाउन माथिल्लो तहका नेतृत्वदेखि तल्लाृे तहसम्म अनिवार्य गर्नु पर्दछ । सहकारी आर्थिक सामाजिक र सांस्कृतिक उत्थानका लागि कार्य गर्ने थलो हो । यस्तो संस्थामा कार्य गर्ने सम्पुर्ण सहकारीकर्मीहरुले एक आपसमा रिसराग नलिई एकजुट भइ सहकार्य गर्दै सदस्य केन्द्रित भइ कार्य गर्न सक्नु्पर्छ । यसले समाज तथा देशको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याउन सक्नेछ ।
महिला सहकारीकर्मीको नाताले महिलालाई सक्षम बनाउन अनिवार्य कोटाभन्दा केहि सिट बढी संरक्षित गरिनु पर्छ । प्रारम्भिक सहकारी संस्था मार्फत महिलाहरुले आफ्नो नेतृत्व विकास गर्न पहल गर्ने र संस्थाहरुले समेत सो वातावरण तयार गरि केन्द्रिय संघहरुमा जान मिश्रित प्रतिनिधित्व पठाईने बातावरण बनाईनु पर्छ । केही समयको लागि राज्यले आरक्षणको व्यवस्था गरेपनि महिलाले आरक्षण भन्दा आफ्नो सीप र दक्षताबाट अगाडी बढ्ने सोचसहित पुरुषसँग प्रतिस्प्रर्धा गरेर महिला पुरुष समान भई कार्य गर्दै अगाडी बढ्न सक्नुपर्छ जसले आफ्से आफ् नेतृत्वमा महिला सहभागिता बढ्दै जाने छ ।
अन्त्यमा यो सुन्दर सहकारी क्षेत्र समाज र राष्ट्रको लागि अपरिहार्य छ, त्यसैले सहकारीका सदस्यहरुलाई आत्मनिर्भर वनाउन व्यक्तिगत तथा संस्थागत के गर्न सकिन्छ वा माथि भनिएका कुराहरुलाइ पुर्णता दिन निरन्तर यस अन्तरगतको थप शिक्षा लिने र त्यसलाई कार्यन्वयनमा लैजाने प्रयासमा म यसै क्षेत्रमा रहेर संधै कटिवद्ध र प्रतिवद्ध रहनेछु । (भट्टराई राष्ट्रिय सहकारी बैंक लिको संचालक हुनुहुन्छ ।)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर