सहकारीमार्फत गरिबी निवारण गरिने


काठमाडौं
सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीमार्फत गरिबी निवारण गर्न जोड दिने बताएका छन् ।
इन्टरनेशनल कोअपरेटिभ एलाईन्स(आइसिए) को एशिया प्यासिफिक, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा राष्ट्रिय सहकारी संघको संयुक्त आयोजनामा भएको ‘सहकारी विकासका लागि एसिएन मुलुकको सहकारी नेतृत्व र सरकारी निकायबीच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले सहकारीबाट नै गरिबी निवारण सम्भव भएको बताए ।
‘सहकारीको बिकासबाट नै आर्थिक विकास सम्भव छ’ उनले भने । सहकारीको बिकासबाट नै गरिबी हट्न सक्ने उनले बताए । नेपालको सहकारीमा संख्यात्मक विकास भएपनि गुणात्मक बिकास हुन नसकेको भन्दै मन्त्री केसीले भने–‘गुणात्मक सहकारीले नै गरिबी हटाउन मद्वत गर्छ’ ।
मन्त्री केसीले सहकारीमार्फत नेपालमा मात्र होइन सार्कमै आर्थिक बिकास गर्न सकिने विश्वास व्यक्त गरे । राज्यले सहकारीको बिकासका लागि कुनै कसुर बाँकी नराख्ने बताए । सहकारी निजी क्षेत्र र राज्य संयन्त्र जत्तिकै बलियो हुन सके मात्र तीन खम्बे अर्थतन्त्र फस्टाउन सक्ने बताए । सहकारीबिना अर्थतन्त्र अगाडि बढाउन चुनौती हुने भन्दै मन्त्री केसीले सहकारी सबल हुन सहकारी मुमेन्ट बलियो हुन आबश्यक रहेको बताए ।
सहकारी सामाजिक व्यवसाय भएकाले सहकारीले अन्य दुई खम्बाभन्दा समाजप्रति उत्तरदायी हुन आग्रह गरे ।
सहकारी सदस्यद्वारा स्वनियमन हुनुपर्नेमा जोड दिदैं अभ्यासमा त्यस्तो नभएको पाइएको उनले बताए । सहकारीले सामाजिक, सांस्कतिक आर्थिक क्षेत्रमा योगदान दिन सक्ने भएकाले सहकारीको बिकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीबिना अर्थतन्त्र अपूरो हुने बताए । सहकारीबाट नै देशमा कायापलट परिवर्तन ल्याउन सकिने उनको भनाई थियो । ‘सहकारीले नै गरिबी निवारण मात्र होइन, अर्थतन्त्र उकास्न सक्छ’ उनले भने ।
कार्यक्रममा आईसिएएपी रिजिनल डाइरेक्टर बालासुर्बमानि लायर, राष्ट्रिय सहकारी बिकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, सार्कका सचिव अर्जुनबहादुर थापा, मुख्य सचिव सोमलाल सुबेदी लगायतले सहकारीक्षेत्रको बिकासका लागि सहकारी मुमेन्ट र राज्य एक भएर लाग्नुपर्नेमो जोड दिए ।
कार्यक्रममा भारत, आईसिएका क्षेत्रीय प्रतिनिधि, बंगलादेशका सहकारी विभाग प्रमुख महाबुर रहमन, सामान्य प्रशासन मन्त्रालयका सचिव टंकमणी शर्मा लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक