सरकारभन्दा कालोबजारी र तस्कर बलिया भएका छन–मन्त्री केसी



काठमाडौं उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सरकारभन्दा कालोबजारी र तस्कर बलिया भएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको २४ औैं वार्षिक साधारणसभामा बोल्दै मन्त्री केसीले देशमा कालोबजारी बढेपनि सरकार कमजोर भएको बताए । सहकारीमार्फत आर्थिक क्रान्ती हुने भन्दै मन्त्री केसीले भने–‘देशमा सहजता हुनासाथ सहकारीबाट आर्थिक बिकासको शुरुवात हुनेछ ।’
‘समाजवाद अर्थतन्त्र स्थापना गर्न र संमृद्व नेपाल निर्माण गर्न सहकारी सशक्त खम्बा बन्न सक्छ’ उनले भने । उदारीकरण र नीजिकरणका सहकारी देश अफ्ठायारोमा पुगेको भन्दै मन्त्री केसीले सहकारीमार्फत देशलाई आत्मनिर्भर बनाउने अठोट गरे ।
‘देश कति परनिर्भर रहेछ भन्ने अहिलेको नाकाबन्दीले देखाइसकेको छ, यो दोष जनताको नभई शाषक र राज्यको हो’ उनले भने ।
आलु, प्याज र खुर्सानीसमेत फलाउन नसक्ने अवस्थामा पुग्नु दुःखद भएको उनको ठम्याई थियो । सहकारीमार्फत नै आयात विस्थापन गर्न सकिने उनले बताए ।
‘हामी ब्रोइलर कुखुराजस्ता भएका छौं, अब आत्मनिर्भरतर्फ लाग्न जरुरी छ’ उने भने ।
देश रहे मात्र सहकारी सञ्चालन हुन सक्ने भन्दै अहिले देशको सार्वभौमिकता, राष्ट्रियता र अखण्डता गुम्ने खतरा बढेको औल्याए ।
देशलाई क्रिमिया बनाउने चलखेल शुरु भएको आशंका गर्दै मन्त्री केसीले भने–‘हामी नेपाली एक ढिक्का भएर लाग्ने हो भने देशको राष्ट्रियता जोगिन सक्छ’ उनले भने ।
मन्त्री केसीले संघीयताको नारा नछोडेको र अहिले बोल्ने पालो अरुलाई दिएको बताए । ‘मैले मन्त्री पदसँग संघीयता सौदाबाजी गरेको छैन्, तर संघीयताबारे कसकसले के बोल्दैछन्, हेर्र्द छु’ उनले भने ।
शुरुमा आफूले मात्र संघीयताको बिरोध गरेपनि पछिल्लो समयमा संघीयताको बिरोध गर्नेहरु बढ्दै गएको उनले प्रस्टाए ।
तराई क्षेत्रमा संबिधानबारे भ्रम सिर्जना गरिएको भन्दै भ्रम चिर्न सबैले आ–आफ्नोतर्फबाध ध्यान दिन आवश्यक भएको बताए ।
मन्त्री केसीले सबैका लागि सहकारी र सहकारीका लागि एक भन्ने नाराका साथ सहकारी व्यवस्थित गर्नतर्फ लागिने बताए । सहकारी क्षेत्रको कर प्रणालीमा फेरफेर गर्न सकिने उनले प्रष्टाए ।
सहकारीका विकृति, विसंगती अन्त्य गर्न आफू क्रियाशील रहने प्रतिवद्वत्ता व्यक्त गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले अपराधीलाई दण्ड दिनु कुनै आपत्ति नभएको प्रष्टाए । ‘सहकारीको गति रोकिनेगरी ऐन ल्याउनु हुदैँन’ उनले भने । सहकारीलाई करमुक्त नगरी घाँटी निमोट्ने काम गरिएको उनले बताए ।

सहकारी विभागका रजिष्ट्रार काशिराज मरासिनीले सहकारी अर्थतन्त्रको मेरुदण्ड भएको बताए । सहकारीले महिला सशक्तीकरणमा विशेष भूमिका खेलेको बताए । ‘सहकारीमा केही विकृति पनि छन्, विकृति निराकरण गर्न हामी जागरुक छौ’ उनले भने ।
चितवन उत्कृट बचत संघ
यसैबीच नेफ्स्कुनले २४ औं वार्षिक साधारणसभाका अवसरमा जिल्ला संघ तथा अन्य सहकारीलाई सम्मान गरेको छ । चितवन बचत तथा ऋण सहकारी संघलाई सम्मान गरिएको छ । त्यस्तै किसान बचत तथा ऋण सहकारी संस र जनचेतना महिला सहकारी संस्था पनि उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न