संघीयताले जटिल परिस्थिती


पाल्पा पुस । उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सङ्घीयताकै कारण मुलुकमा राजनीतिक अस्थिरता र जटिल परिस्थिति सिर्जना भएको बताएका छन् ।र
पाल्पाको तानसेनमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले २०६२÷६३ को जनआन्दोलनको जनभावना विपरीत एकाएक राष्ट्रले थेग्नै नसक्ने गरी सङ्घीयतामा जाने र प्रदेशको विभाजन गर्नु नै गलत भएको जिकिर गरे ।
मुलुक पहिलेदेखि नै परनिर्भर हुने भएकाले अहिले जटिल समस्या उत्पन्न भएको जनाउँदै आत्मनिर्भर र स्वाभिमानी बन्न नसक्दा भारतले गरेको नाकाबन्दीले देशमा ठूलो प्रभाव परेको मन्त्री केसीको भनाइ थियो ।

भारतले अघोषित रुपमा नाकाबन्दी गरेका कारण चीनसँग व्यापारिक सम्बन्ध जोडेर अत्यावश्यक वस्तु आयात गर्नतर्फ सरकार लागेको उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक