शिक्षा ज्योती सहकारीको साधारणसभा सम्पन्न


पोखरा, मंससिर ४।शिक्षा ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ ।साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताएका थिए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष शंकर ज्ञवालीले सहकारीले आगामी दिनमा रचनात्मक काम गर्ने बताउनुभयो ।

साधारणसभामा अध्यक्ष किशोरदत्त बरालले प्रस्तुत गरेको वार्षिक, सचिव राजु क्षेत्रीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष भोलानाथ पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । यसैगरी, लेखा समितिका संयोजक वसन्तराज पाण्डे र ऋण परिचालन समितिका संयोजक ऋषिकेशव सुवेदीले प्रस्तुत गरेका प्रतिवेदन समेत सर्वसम्मत पारित भएका छन् ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष शिरोमणि लामिछानेले सहकारिताको माध्यमबाट आर्थिक गर्जो टार्न शिक्षा ज्योतिले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारीका सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
सदस्य यमनाथ सापकोटाले स्वागत मन्तब्य राखेको कार्यक्रममा अर्का सदस्य अर्जुन प्रसाद शर्माले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । सो अवसरमा पीएन क्याम्पसका सहायक प्रमुख देवीलाल शर्मा, शिक्षक युनियन कास्की सचिव विजयराज भण्डारी, नेपाल शिक्षक संघ कास्की उपाध्यक्ष विजयलक्ष्मी कोइराला, सचिव मणिराम कँडेल लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न