विकू बचतमा २ सहकारी गाभिए, कुल पुजिँ २ अरब पु¥याउने


पौष, नवलपरासी। विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा दुईवटा सहकारी गाभिएका छन । श्री गणेश बचत तथा ऋण सहकारी संस्था र दाजु–बहिनी बचत तथा ऋण सहकारी संस्था विकू बचतमा गाभिएका हुन ।

विकू बचतका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा यहि पौष ४ गते सम्पन्न भएको साधारण सभाले यस्तो निर्णय गरेको हो भने यस अघिनै श्री गणेश र दाजु–बहिनी बचतको साधारण सभाले गाभिने निणर्य गरिसकेका छन । एकिकरण पछि संस्थाको कुल पुजिँ करिब १ अरब ५२ करोड र सदस्य संख्या २२ हजार पुग्ने साधारण सभामा जानकारी गराइएको छ ।
गैडाकोट ८ मा २५ बर्ष अगाडि ५० पैसावाट सुरु गरिएको विकू बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षमा करिव साँढे ४ करोड नाफा आर्जन गरेको छ । गैडाकोटको विजय सामुदायिक शिक्षा सदनको प्राङगणमा भएको २६ औं साधारणसभा तथा रजतमहोत्सवमा कोषाध्यक्ष कालिदास गौडेलले आगामी बर्ष साँढे ६ करोड नाफा आर्जन गर्ने आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले विकुको सम्पति सवा अर्ब पुगेको पनि बताउनुभयो । विकुले साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव वीरभद्र सापकोटाले २० हजार सेयर सदस्य पुगेको जानकारी दिदै आगामी बर्ष २५ हजार सेयर सदस्य पुराउने वताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैङकका गभर्नर डा चिरन्जिवी नेपालले सहकारीले बचत गर्ने वानीको विकास गरि वित्तिय कारोबारमा सर्वसाधारणको आकर्षण बढाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बचत संगै आफ्नो रकम कहाँ कसरी परिचालन हुन्छ र सहकारीमा आयव्यय के कती छ जानकारी लिईराख्न सेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । साधारणसभामा बोल्दै नेप्स्कुनका केन्द्रिय अध्यक्ष ऋषिराज घिमिरेले विकु नेप्स्कुनमा आवद्ध संस्था मध्य धेरै पुजी भएको संस्था रहेको वताउनुभयो । कार्यक्रममा नेप्स्कुनका निवर्तमान अध्यक्ष मिनराज कंडेल, गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रीप्रसाद तिवारी, विकुका संस्थापक अध्यक्ष खेमराज सापकोटा, युवा सहकारीकर्मी तथा क्ष्ऋब् ब्कष्ब थ्यगतज अयmmष्ततभभ mझदभच ईन्दिरा पन्त लगायतले मन्तब्य राख्नुभएको थियो ।
यस्तै रजत महोत्सवका अवसर निकालिएको विकु रजत ग्रन्थ पनि आजै विमोचन गरिएको छ । रजत महोत्सवको अवसरमा विकूले विभिन्न व्यक्ती तथा संस्थाहरुलाई सम्मान गरेको छ । संस्थाले बर्ष कर्मचारीको रुपमा रामप्रसाद भुषाल र विवश न्यौपानेलाई तथा बर्ष सञ्चालकको रुपमा गोविन्द रिमाललाई सम्मान गरेको छ । संस्थालाई सहयोग गर्ने ५ दर्जन संघसंस्था तथा ब्यक्तिलाई पनि आजै सम्मान गरिएको विकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।

रजत महोत्सवका अवसरमा विकुले आफ्नो सेवाका बारेमा जानकारी दिन कृषी उत्पादन, हस्तकला खेलौना तथा सजावटका सामाग्रीको स्टल हरु प्रदर्शनीमा राखेको थियो । २०४८ सालमा दैनिक पचास पैसा संकलन गरि सुरु गरिएको विकुले यस आर्थिक वर्षमा कुल पुजिँ २ अरब पु¥याउने लक्ष्य लिएका छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक