कफी केन्द्रीय संघमा नयाँ नेतृत्व
काठमाडौं, १४ पुस । केन्द्रीय कफी सहकारी संघको अध्यक्षमा योगेश पोखरेल निर्वाचित भएका छन् ।
तनहूको आँबुखैरेनीमा सम्पन्न संघको नवौं वार्षिक साधारणसभाले पोखरेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष पोखरेल यस अघिको कार्यसमितिमा संघको सचिब थिए ।
संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदर्शन बोलखे, सचिवमा शिव बोहोरा, सहसचिबमा बासुदेव मिश्र, कोषाध्यक्षमा गंगा अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी संघको नयाँ कार्यसमिति सदस्यमा शेषकान्त गौतम, चित्रबहादुर बस्नेत, करुणानन्द घिमिरे, पूर्णबहादुर मोगराती, फडीनारायण अर्याल र तुलसीराज धिताल रहेका छन् ।
समितिका बाँकी चार जना सदस्यहरु नयाँ कार्यसमितिले समावेशीताको आधारमा मनोनयन गरिने संघले जनाएको छ ।
यसमा हाल १४ जिल्लाका कफी सहकारी संघ/संस्थाहरु आवद्ध रहेका छन् ।
एकल उदेश्यको सहकारीको रुपमा रहेको कफीको सहकारी केन्द्रीय संघ २०६३ मंसिर ३ गते दर्ता भई कामकाज गर्दै आएको छ ।
यसैबीच साधारणसभाले डिल्लीराम रेग्मीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्वाचित गरेको छ ।