ऐन पठाउँदैमा आतंकित नहुनुहोस् : मन्त्री केसी


काठमाडौं, पुस १७ । उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारी ऐन कानुन मन्त्रालयमा पठाउँदैमा आतंकिन नहुन सहकारी आन्दोललाई आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी संघको २३ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै मन्त्री केसीले ऐनको मस्यौदा बन्दैमा र कानुन मन्त्रालयमा जादैमा सहकारीकर्मी रोईकराई गर्न आवश्यक नभएको बताए ।
सहकारी ऐनको मस्यौदा कानुन मन्त्रालयमा जादैंमा सत्यानाश भयो भन्ने नठान्नुहोस्, म सहकारी सखाप पार्न आएको होइन, उनले भने ।
ऋाफ्नो स्वार्थ तथा संस्थागत स्वार्थका लागि कोही आउँछ भने कुने सम्झौता नगर्ने मन्त्री केसीले प्रतिवदता व्यक्त गरे ।
म सहकारी बनाउन आएको हो, सरकारले पनि मलाई सहकारी सिध्याउने जिम्मेवारी दिएको होइन उनले भने । सीमित व्यक्रिको पछि नलाग्ने स्पष्ट पार्दै मन्त्री केसीले भने सहकारी अभियान व्यवस्थित गर्न मेरो दायित्व छ ।
सहकारीमा विकृति, विसंगति रहेको चर्चा गर्दै मन्त्री केसीले नयाँ ऐनमार्फत सहकारीमा समस्या समाधान गरिने बताए । मन्त्रालयमा ठगिएका व्यक्तिको जुलुस आउने गरेको र उनीहरुलाई न्याय दिन सरकार कुनै हालतमा पछि नपर्ने केसीले अडान लिए ।
केही व्यक्तिले, केही सहकारीले खराब गयो भन्दैमा सिंगो सहकारी नै खराब भन्न मिल्दैन् तर गल्ती गर्ने सहकारीलाई डण्द सजाय तोक्नुपर्ने उनले बताए ।
सहकारी मन्त्रालयका सचिव शंकरप्रशाद अधिकारीले सहकारीको वित्तिय व्यवस्थापन चुस्तदुरुस्त नभएको भन्दै व्यवस्थि तगर्न मन् त्रालय क्रियाशिल भएको बताए । मन्त्रालयले सहकारी व्यवस्थापनका लागि कोअपरेटिभ इन्फरमेसन सिष्टम लागु गर्न लागिएको बताए ।
राष्टिय सहकारी संघका सल्लाहकार गणेश शाहले सहकारीमा विभिन्न प्रविधि भित्राएर उत्पादनमा बताए । वैज्ञानिक तरिकाले सहकारीमार्फत उत्पादन बढाउन आवश्यक भएको उनको भनाई थियो ।
संघका सल्लाहकार भरत प्रधानले सहकारी आन्दोलनको भावना विपरित सहकारी ऐन आउन नहुने बताए ।
राष्टिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले मन्त्रालयले हालै निर्माण गरेको ऐन जतिसुकै राम्रो भएपनि विष बसेकाले अभियानलाई अमान्य हुने बताए । आन्दोलनको विचारविरुद ऐन ल्याउन नहुने उनले बताए । मन्त्रालय आउनुमा उत्साह हुनुमा पीडा नथपियोस् भन्दै बास्कोटाले मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन