पुनः डिल्ली सापकोटाको नेतृत्वमा सहकारी पत्रकार समाज


काठमाडौं, पुस १७ । नेपाल सहकारी पत्रकार समाजको पाचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिल्ली सापकोटाको अध्यक्षता तथा उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री केसीले सहकारीको सही व्यवस्थापन गर्न अहिलको आवश्यकता भएको बताउनुभएको छ । सहकारीको सही व्यवस्थापन गर्न नसके ठूलो दुर्घटना हुन सक्ने उहाँको भनाई थियो ।
सहकारी ऐन २०४८ ले जेनेतेन सहकारी सञ्चालन भएपनि ऐन पर्याप्त नभएकाले सहकारीमा समस्या देखा पर्ने गरेको बताउनुभयो । सहकारी ऐन निर्माणका लागि मस्यौदा तयार पारी कानुन मन्त्रालयमा पठाइएको उहाँको भनाई थियो ।
सहकारी दर्ता तथा सञ्चालनमा बाढी आएको चर्चा गर्र्दै मन्त्री केसीले ऐन आएपछि सहाकरी व्यवस्थापन गर्न सजिलो हुने बताउनुभयो ।
सहकारीमा दोहोरो सदस्यता बढेको भन्दै मन्त्री केसीले तत्काल नयाँ संरचना बनाएर एक व्यक्ति एक सहकारीको अवधारणा ल्याइने बताउनुभयो ।
एउटै व्यक्ति सञ्चालक र कार्यकारी प्रमुख बस्न हुने कि नहुने, कार्य क्षेत्र एक जिल्ला भन्दा बढी दिन हुने कि नहुने विषयमा अभियानको विमती रहेको भन्दै छलफल गरेर निचोडमा पुग्न आवश्यक भएको उहाँको भनाई थियो ।
अहिले सहकारीको नाममा केही व्यक्तिले रजाई गरेको चर्चा गर्दै मन्त्री केसीले सदस्य सक्रिय हुन सके मात्र सहाकरी सही गतीले अघि बढ्न सक्ने बताउनुभयो ।
सहकारीका नाममा ठगि बढेको र सदस्य निरिह भएको उहाँको भनाई थियो । ‘त्यस्ता नियत राख्ने व्यक्तिलाई कानुनले नै ठेगान लगाउन सकिन्छ, मन्त्री केसीले बताउनुभयो ।
सभासद् एंव राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारी अभियानलाई बाधा पुग्ने कुरा सहकारी ऐनमा समावेश गर्न नहुने बताउनुभयो । कर्मचारीतन्त्रले सहयोग गरेमा कुनै पनि काम गर्न समस्या पर्ने भन्दै सभासद् बडालले कर्मचारीतन्त्रलाई कन्भिन्स गर्न आवश्यक भएको बताउनुभयो ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले सहकारी, निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर नै आर्थिक बिकास गर्न सकिने बताउनुभयो । सहकारीको बिकासका लागि सञ्चारमाध्यमले ससक्त भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीमा दोहोरो सदस्यता अन्त्य गर्न मर्जर प्रक्रियामा नै जानुपर्नेमा जोड दिनुभयो ।

समाजमा नयाँ नेतृत्व

cjn
नेपाल सहकारी पत्रकार समाजको पाचौं वार्षिक साधारणसभाले डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा राजेश खनाल, सचिवमा खिलानाथ दाहाल, सहसचिवमा तुलसीराम सुवेदी, कोषाध्यक्षमा काजी श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा ज्ञानेन्द्र पौडेल, कृष्णप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

संस्थापक अध्यक्ष सम्मानित
यसैबीच नेपाल सहकारी पत्रकार समाजले पाचौं वार्षिक साधारणसभाका अवसरमा संस्थापक अध्यक्ष यादव हुमागाईलाई सम्मान गरेको छ । संस्था सञ्चालनदेखि हालसम्म अतुलनीय योगदान गरेको भन्दै समाजले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर