सहकारीले दूध उत्पादनमा जोड दिने


ललितपुर, मंसिर ५ । ललितपुर जिल्लामा दूधको उत्पादन वृद्वि गर्न नयाँ रणनीति बनाइने भएको छ । अन्य जिल्लाभन्दा बढी दूध उत्पादन हुने जिल्लाकारुपमा चिनिने ललितपुरमा अझै दूध उत्पादन गर्न रणनीति बनाउन लागिएको हो ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको आयोजनामा भएको रणनीीतक योजना तर्जुमा गोष्ठिले जिल्लाको दुग्ध विकास रणनीति बनाउने निर्णय गरेको छ । जिल्ला दुग्ध उत्दाक सहकारी संघका अध्यक्ष रामप्रसाद आचार्यले बढी भन्दा बढी दूध उत्पादन गर्नका लागि रणनीति बनाइएको र त्यहीअनुरुप किसानलाई सेवासुविधा दिने तयारी भइरहेको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रशाद बडालले सहकारीले दूध तथा मासुजन्यमा लगानी गरे देशलाई प्रत्यक्ष फाइदा पुग्ने बताउनुभयो । विशेष गरी पहाडी जिल्लाको राम्रो सम्भावनाको रुपमा रहेको दुग्धजन्य पदार्थ उत्पादनको सम्भावनालाई सहकारीमार्फत दुर्तगतिमा अघि बढाइने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न