बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को तेश्रो साधारण सभा सम्पन्न


काठमाडौं, १८ पुस, बहुउद्देश्यीय सहकारी संस्थाहरुको छाता संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.को तेश्रो साधारण सभा सम्पन्न भएको छ ।
उद्घाटन सत्रमा प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले अहिले चर्चामा रहेको बहुप्रतिक्षित सहकारी ऐन सहकारीको हितमा हुनु पर्नेमा जोड दिएका छन् । बडालले सहकारीको अहित हुने गरीे आउन लागेको भनिएको सहकारी ऐनबाट आफु अरु जस्तो आफु बढी चिन्तित नभएको बताएका छन् । जस्तोसुकै सहकारी ऐन आए पनि यदि सहकारीको हितमा नभए त्यसलाई संशोधन गर्न सकिने बताउदै उनले आफु अहिले पनि सम्भव भएसम्म सहकारी हितमै रहेको सहकारी ऐन आओस भने खटिरहेको पनि उल्लेख गरे । उनले भने – ‘यदि सहकारी ऐन सहकारीको हितमा छैन रहेछ भने संसदमा कडा रुपमा आवाज उठाउने र सहकारीकै हितमा सहकारी ऐन ल्याउन पहल गर्नेछु । ’

2

त्यसैगरी बिशिष्ठ अतिथि राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपकप्रकाश बास्कोटाले अहिले आउन लागेको भनिएको ऐन सहकारीको हितमा नरहेको भए सहकारी क्षेत्रले स्विकार नगर्ने बताएका छन् । बास्कोटाले सहकारीबाट मात्र मुलुकको विकाश सम्भव भएको बताउदै त्यसको लागी सहकारी ऐन पनि त्यहि अनुरुपको हुनुपर्नेमा जोड दिए । उनले भने – ‘नब्बे प्रतिशत सभासदले पास गरेर ल्याएको संविधानमा दश प्रतिशतको मात्र असन्तुष्टी रहदा त अहिले मुलुकले यदि धेरै कष्टकर जीवनयापन गर्न परेको छ भने सहकारीको हित विपरित आउने ऐनले के होला ?’
त्यसैगरी सहकारी तथा गरिबी निवारण मन्त्रालयका सह–सचिव सुदर्शन ढकालले अहिले आउन लागेको सहकारी ऐन सहकारी मैत्री नभएको बताएका छन् । सहकारी क्षेत्रले चाहे जस्तो सहकारी मैत्री ऐन ल्याउन सबै सहकारीका निकायहरु एक ठाँउमा बसेर मन्थन गरेर मात्र सम्भव भएको बताउदै ढकालले अहिले आउन लागेको ऐनमा ७३ वटा बुँदा सहकारीको अहितमा रहेको जानकारी गराए । त्यसैगरी राष्ट्रिय सहकारी संघका सञ्चालकरु माधव दुलाल, रविन्द्र केसी, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती लगायतका वक्ताहरुले पनि सहकारी ऐन सहकारी मैत्री हुनु पर्नेमा जोड दिएका थिए ।
साधारण सभामा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारीले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर