कान्तिपुरीको १५ औं साधारणसभा सम्पन्न
काठमाडौ । कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको १५ औंँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए । सहकारीले पैसा किनबेच भन्दा पनि कृषिलगायतका क्षेत्रमा उत्पादनशील क्षेत्रमा लगानी गर्न अत्यावश्यक भइसकेको बताए ।
काठमाडौं जिल्ला सहकारी संघका उपाध्यक्ष ज्ञानबहादुर तामाडले सहकारीले रचनात्मक काम गर्न सकिने बताए । सहकारी सबल खम्बाका रुपमा स्थापित गर्न सबै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी लगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीकर्मी कमलराज अधिकारी, निरञ्जन सेढाई, कृष्ण थापा मगर, सुमन पौडेल लगायतले मन्तव्य राखेका थिए ।