कृषि र सहकारीबिना आर्थिक विकास असम्भव


काठमाडौं, पुस २३ । कृषि  बिकास मन्त्री हरिबोल गजुरेलले कृषि र सहकारीबिना देशको अर्थतन्त्रमको बिकास असम्भव भएको बताएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको आठौ वार्षिक साधारणसभामा बोल्दै मन्त्री गजुरेलले कृषिमा सरकारको प्राथमिकता नपर्दासम्म सबल अर्थतन्त्र विकास हुन नसक्ने बताएका हुन् । कृषिमा पहिलो प्राथमिकता राखी बजेट बिनियोजन गर्न सके मात्र देश आत्मनिर्भरताको बाटोमा जान सक्ने उनले बताए ।
मन्त्री गजुरेलले २०४६ पछि कृषिमा राज्यको प्राथमिकता पर्न छोडेको र परनिर्भरता बढेको बताए । कृषिको आधुनिकीकरण र व्यवसायिकताका लागि राज्य क्रियाशील हुन आवश्यक भएको उनले बताए । साना किसान पनि समेटिने गरी कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न सकिन्छ, त्यसतर्फ लाग्न आवश्यक भइसकेको छ उनले भने ।
कृषिको विकास गर्ने क्रममा साना किसान छुट्न नहुने उनले बताए । साना किसानले आफ्नो घरमा एवम् ठूला फार्ममा पनि काम गरेर कृषिमा कायापलट प्रगति हाशिल गर्न सकिने बताए । ठूलो स्केलको मात्र आधुनिकरण भन्दा त्यसले साना किसानको समस्या समाधान हुन नसक्ने उनले बताए ।
कृषिको बिकासका लागि बिदेशी पूँजीमा भर पर्न नहुने उनले बताए । विश्वबजारमा विदेशी पूँजी रोक्न नसकिए पनि राष्ट्रिय पूँजीको अधिनमा विदेशी पूँजी ल्याउन सक्नुपर्नेमा जोड दिए । विदेशी पूँजीले मात्र नेपालको हित गर्न नसक्ने उनको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित