ललितपुरमा पशुपालन सहकारी गठन


ललितपुर, मंसिर ५ । ललितपुर जिल्लामा पहिलो पशुपालन सहकारी संस्था स्थापना भएको छ । उक्त संस्थाले शुक्रबारबाट आफ्नो सेवा सुरु गरेको हो।

हरिसिद्धिको खाली जग्गामा कृषि जन्य व्यवसाय सँस्था आफैंले सुरु गर्ने सँस्थाका अध्यक्ष कृष्णगोविन्द महर्जनले बताउनुभएको छ । सँस्थाले सहुलियत ब्याजदरमा सदस्यहरुलाई पशुपालन ऋणको समेत व्यवस्था गर्ने अध्यक्ष महर्जनले बताउनुभएको छ । कार्यक्रममा प्रतिज्ञा मिलन समूहका अध्यक्ष गणेश महर्जन लगायतले सँस्थाले सहकारी क्षेत्रमा विशेष पहिचान बनाएको बताउनुभयो ।
सहकारीमार्फत एउटै पशुपालन फर्मको स्थापना गरी खसीबोका तथा राँगा लगायतका मासुजन्य उत्पादन एवम् गाइभैंसी पालन गरी दुग्धजन्य उत्पादन गरी स्थानीय स्तरमा रोजगार सिर्जना तथा समृद्धिको कार्यक्रम गर्ने सँस्थाका अध्यक्ष महर्जनले बताउनुभयो ।
कार्यक्रममा स्थानीय युवा तथा महिलाहरुको सक्रियतामा सीप विकास तथा श्रम परिचालनका कार्यक्रम गरिने समेत सँस्थाका अध्यक्ष महर्जनले बताउनुभएको छ ।
उक्त संस्थाले हरिसिद्धि गाविसमा स्थापना विभिन्न पशुपालन गर्ने तयारी गरेको छ । कार्यक्रमको उद्घाटन सहकारीको जिल्ला सहकारी संघ लिमिटेडका सञ्चालक तथा जडिबुटी सहकारी संघका अध्यक्ष अमृतनाथ तिमल्सिनाले समुद्घाटन गर्नुभएको थियो । कार्यालय उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले नेपालमा राजनीतिक क्रान्तिले कोर्स पूरा गरेको बताउँदै कृषिकेन्द्रित सहकारीमार्फत उत्पादनमूलक अभियानमा लागि समृद्धिको अभियानमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले सबै सँस्कार र दैनिक जीवनमा प्रयोग हुने कृषि तथा पशुजन्य काममा लाग्न नयाँ पुस्तालाई पनि आग्रह गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन