साना किसान बैंकका गतिविधिका झलक


झलेन्द्र भट्टराई
१साना किसान विकास बैंक ः नेपाल सरकार, कृषि विकास बंैक, नेपाल बैंक लि., नविल बैंक लि. रसाना किसान सहकारी संस्थाहरुको संस्थापकत्वमा २०५८ असार २२ गते राष्ट्रीयस्तरको “घ” वर्गको लघुवित्त बैंकको रुपमा यस बंैकको स्थापना भएको हो । नेपाल सरकारद्वारा आफ्नो सम्पूर्ण सेयर बिक्री गरे पछि यस बैंकका संस्थापक सेयरधनी साना किसान सहकारी संस्थाहरुको संख्या २३१ पुगेको छ । यस बंैकको अधिकृत पूँजी रु. २४ करोड, जारी तथा चुक्ता पूँजी रु २३ करोड ६ लाख ८२ हजार रहेको छ । संस्थापक बैंक तथा साना किसान सहकारी संस्थाको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर स्वामित्व रहेको छ । गत आ.व.मा प्रस्तावित हकप्रद सेयर रु. ११ करोड ५३ लाख ४१ हजार र यस साधारण सभामा प्रस्तावित बोनस सेयर रु. ५करोड ७६ लाख ७१ हजार समेत गर्दा यस आ.व.को अन्तमा कुल चुक्ता पुँजी रु. ४० करोड ३६ लाख ९४ हजार पुग्नेछ ।
ज्ञ। लघुकर्जामा अग्रणी स्थान ः ग्रामीण क्षेत्रमा रहेका साना किसान सहकारी र यस्तै प्रकृतिका समुदायमा आधारित सहकारी संस्थाहरु मार्फत विपन्न तथा साना किसान परिवारमा लघुवित्त सेवा पु¥याउन यस बैंकले थोक कर्जा र प्राविधिक सेवा उपलब्ध गराउँछ । नेपालका ५७ जिल्लामा रहेका ५१४ वटा सहकारी संस्था मार्फत यस बैंकले लगभग ४ लाख ७५ हजार परिवारमा लघुवित्त सेवा पु¥याएको छ । २०७२ साल कार्तिक मसान्तमा यस बैंकको लगनीमा रहेको कर्जा रु. ८ अर्ब ३५ करोड पुगेको छ भने आवद्ध संस्थाहरुले स्थानीय स्तरमा रु. १३ करोड ९७ लाख आन्तरिक पुँजी निर्माण गरी कुल रु. २१ अर्ब ७१ कारोड पुँजी परिचालन गरेका छन् । बैंकले संस्थालाई दुग्ध तथा मासुजन्य पशुपालनका लागि ५%, कृषि तथा लघुउद्यम÷व्यवसायका लागि ९ प्रतिसत र नविकरणीय उर्जा कर्जा ८ प्रतिसत वार्षिक व्याजदरमा उपलब्ध गराउँछ ।
द्द। साना किसान सहकारी अनुसरण कार्यक्रम ः लघुवित्तको सेवाबाट वञ्चित रहेका विपन्न तथा साना किसानहरुको वित्तीय पहुँच अभिबृद्धि गर्न यस बैंकले नेपाल सरकार तथा अन्य सहयोगी निकायहरुको समेत सहयोगमा साना किसान सहकारी अनुसरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमबाट ३५२ गाविसमा साना किसान सहकारी संस्था स्थापना गरिएको छ भने यसबाट २ लाख परिवार लाभान्वित भएका छन् ।
घ। पशुपालन कर्जा कार्यक्रम ः नेपाल सरकारको वित्तीय सहयोगमा सञ्चालित यस कार्यक्रमबाट हालसम्म ५४ हजार किसानहरुले करिब ३ लाख पशु पालनका लागि कर्जा लिएका छन् । बैंकले सुरु देखि हाल सम्ममा पशुपालनका लागि कुल रु. ४ अर्ब २४ करोड लगानी गरेकोमा उक्त पशुहरुबाट किसानहरुले कुल रु. ७ अर्ब ९६ करोड बराबरीको मासु तथा दुग्ध पदार्थ उत्पादन गरेको अनुमान गरिएको छ ।
द्ध। नविकरणीय उर्जा कार्यक्रम ः ग्ल्ऋम्ँरऋभिबल क्तबचत सँगको सहकार्यमा ४० हजार साना किसानको घरलाई उज्यालो पु¥याउने गरी नविकरणीय उर्जा कर्जा कार्यक्रम शुरु भएको छ । जसमध्ये हाल सम्म १० हजार परिवारले नविकरणीय उर्जा जडान गरिसकेका छन् ।
छ। साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम ः साना किसानका छोराछोरी (युवा÷युवती)हरुलाई आधुनिक कृषि प्रविधिको ज्ञान हाँसिल हुने १०–११ महिनासम्मको कृषि तालिमको व्यबस्था मिलाउन बैंकले गरेको आग्रहलाई इजरायल सरकारबाट सकारात्मक सहयोग भएको छ । जस अनुसार सन् २०१३ मा २०५ जना र सन् २०१४ मा ५१५ जना गरी ७२० जनाले इजरायलमा सञ्चालित उक्त तालिममा सहभागी भई फिर्ता आईसकेका छन् भने सन् २०१५ मा ४२९ जना विद्यार्थीहरु त्यस तर्फ प्रस्थान गरिसकेका छन् ।
ट। पशु सुरक्षण कार्यक्रमः किसानहरुको अमुल्य सम्पत्ति नै पशु भएकोले सो को सुरक्षणका लागि नेपाल सरकारको सहयोगमा साना किसान सहकारी संस्थाहरु मार्फत सामुदायिक रुपमा पशु सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमबाट १४ हजार परिवारले रु. १ अर्ब ८९ करोड भन्दा बढी मूल्यका ४१ हजार वटा पशुकोे सुरक्षण गराएका छन् ।
ठ। क्षमता विकास कार्यक्रमः– बैंकले आ.व. २०७१÷७२ मा मात्र १५५ वटा क्षमता विकास तालिम कार्यक्रममा ७ हजार ६ सय जना साना किसानहरुलाई सहभागी गराएको छ । यस्तै संस्थाको वित्तीय स्वास्थ्य सुधार तथा संस्थामा संलग्न नेतृत्व वर्ग र व्यवस्थापनमा संलग्न कर्मचारीको समेत क्षमता अभिवृद्धि गर्न अवसरहरूको खोजी गरी तालिम, अवलोकन भ्रमण, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका गोष्ठी र सम्मेलन जस्ता अवसरहरुमा सहभागी गराउने कार्यक्रम हुँदै आएको छ ।
ड। किसानका लागि उन्नत बीउविजन कार्यक्रम
नेपाल सरकार, कृषि विकास मन्त्रालय र अन्तर्राष्ट्रिय कृषि विकास कोष ९क्ष्ँब्म्० को सहयोगमा सञ्चालन हुने ‘किसानका लागि उन्नत बीउबिजन कार्यक्रम’ मा सहकार्य भई रुकुम, रोल्पा, सल्यान, प्युठान, गुल्मी र अर्घाखाँची गरी ६ जिल्लाका ३० गाविसमा साना किसान सहकारी अनुसरण कार्य भइरहेको छ ।
ढ। साना किसान सूचना प्रविधि विकास कोष
आजको सूचना–प्रविधिको युगमा सबै ग्रामीण सहकारी संस्थाहरूको सूचना–प्रविधिमा सहज पहुँच हुनुपर्छ भन्ने बैङ्कको मान्यता रहेको छ । बैङ्क तथा संस्थाका जनशक्तिहरूमा सूचना–प्रविधिसम्बन्धी ज्ञान, सीप र प्रवृत्ति विकास गर्न, यससम्बन्धी आवश्यक न्यूनतम उपकरण, यन्त्र र सुविधाहरू विस्तार गर्न र यस प्रकारका कार्यहरूलाई यथाशक्य निरन्तरता दिन बैङ्कमा रु. १० लाखको सूचना–प्रविधि विकास कोष खडा गरिएको छ । यस कोषमा दातृ तथा सहयोगी निकायहरूबाट प्राप्त सहयोग, सहभागी संस्थाहरूको योगदान र बैङ्कको सहयोग रहनेछ । यसै सिलसिलामा विभिन्न प्रक्रिया पूरा गरी विगतमा १–१ वटाको दरले १०० वटा साना किसान सहकारी संस्थाहरूलाई ल्यापटप वितरण गरी सूचना–प्रविधिमा संस्थाहरूको पहुँच सहज बनाउन सहयोग पु¥याइएको थियो ।
ज्ञण्। साना किसान बाल शिक्षा अभियान
आर्थिक वर्ष २०७०÷०७१ देखि साना किसान परिवारका विद्यार्थीहरूमा शैक्षिक स्तरोन्नति र प्रतिस्पद्र्धा सिर्जना गर्न बैङ्कले कार्यक्रम तर्जुमा गरेको छ । प्रवेशिका परीक्षामा विशिष्ट श्रेणीसहित उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने साना किसान परिवारका बालबालिकाहरूलाई पुरस्कारको स्थापनाबाट यस कार्यक्रमको प्रारम्भ गरिएको छ । यस बैङ्कका कार्यक्षेत्रभित्र रहेका प्रत्येक बैङ्क कार्यालयअन्तर्गतमा रहेका साना किसान कार्यक्रममा आबद्ध साना किसान परिवारका बालबालिकाहरूमध्ये आफ्नो क्षेत्रमा विशिष्ट श्रेणीसहित उत्कृष्ट हुने एक–एकजना गरी जम्मा १० जनालाई प्रत्येक बर्ष जनही रु. २५ हजारको दरले उच्च शिक्षा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिएको छ ।
ज्ञज्ञ। विप्रेषण सेवा
वैदेशिक रोजगारीका लागि ग्रामीण क्षेत्रबाट विदेश जानेहरूको सङ्ख्या बढ्दै गएको छ । गाउँठाउँमा विदेशबाट पठाइने रकम सहज ढङ्गले प्राप्त गर्न झेल्नुपरेको कठिनाइ कम गर्न बैङ्कले साना किसान सहकारी संस्थाहरूलाई समेत रेमिट्यान्स कारोबारमा संलग्न गराई घरआँगनमै रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । ग्रामीण क्षेत्रमा रहेका साना किसान सहकारी संस्थालाई सहज रूपमा रेमिट्यान्स कार्यक्रममा सरिक गराउँदा स्थानीय जनताले ठूलो राहत महसुस गरेको देखिएको छ ।
ज्ञद्द। साना किसान सम्मेलन २०७१ को आयोजना
बैङ्कले २०७१ साल कार्तिक १६ र १७ गतेका दिन काठमाडौँको होटल याक एन्ड यतीमा साना किसान अभियानमा पहिलोपटक अभूतपूर्व सफलतासहित साना किसान सम्मेलन, २०७१ सम्पन्न गरेको थियो । त्यसमा साना किसानहरूका तर्फबाट करिब आठ सयजना र अभियानसँग सम्बन्धित एवं अभियानलाई सहयोग गर्ने सरोकारवाला सङ्घ–संस्था र व्यक्तिका तर्फबाट समेत गरी १२ सय जनाकोे सहभागिता रहेको थियो । सम्मेलनमा साना किसान अभियानलाई सघाउ पु¥याउने खालका महत्वपूर्ण २४ कार्यपत्रहरू प्रस्तुत भएका थिए । साथै, आगामी १० वर्षभित्र साना किसान सहकारीको कार्यक्षेत्रभित्र गरिबी उन्मूलन हुने गरी कार्यक्रम तय गरी कार्यान्वयन गर्ने, बैङ्कमा आबद्ध हुने सहकारी संस्थाको सङ्ख्या १ हजार र गाविस १३ सय पु¥याउने र १० लाख परिवारमा साना किसान सहकारी संस्थाको सेवा पु¥याउने घोषणा समेत सम्मेलनले गरेको थियो । सोही सम्मेलनको घोषणा समेतलाई मध्यनजर गरी बैङ्कका कार्यक्रमहरु तर्जुमा गर्दै आएको छ ।
ज्ञघ। साना किसान राहत कार्यक्रम
२०७२ बैशाख १२ को महा भुकम्प तथा त्यस पश्चातका पराकम्पनका कारण प्रभावित भएका साना किसान परिवारलाई राहत पु¥याउन नेपाल कृषि सहकारी केन्द्रीय संघ र मुलुक भरका साना किसान कृषि सहकारी संस्थाहरुको संयुक्त प्रयासमा यस बैंकले भुकम्प प्रभावित क्षेत्रका साना किसानहरुको सहयोगका लागि राहत संकलन र वितरण गर्ने अभियान सञ्चालन गरेको थियो । जस अन्तरगत केन्द्रीय स्तरमा एक कोष खडा गरी सो कोषबाट अति आवश्यक राहत सामाग्रीहरुको व्यवस्था गर्ने प्रभावित क्षेत्रका साना किसान सहकारी संस्था स्वयंद्वारा वितरण हुने व्यवस्था मिलाइएको थियो । उक्त कोषमा बैंक आफैंले रु. ५ लाख र बैंकसँग आबद्ध अन्य क्षेत्रका साना किसान सहकारी संस्था एवं दाताहरुबाट रु.१,३४,८६,९२९÷०० गरी जम्मा रु.१,३९,८६,९२९÷०० योगदान भएकोे थियो । यसबाट यस कोषबाट रु.९१,५२,९६१÷०० रकमको खाद्यान्न, लुगाकपडा र अत्यावसकीय मालसामानहरु ख्रिद गरी प्रभावित संस्थाहरुमार्फत साना किसान परिवारसम्म सहयोग परिचालन गरिएकोे थियो भने बाँकी रहेको रु.४८,३३,९६८÷– लाई भविष्यमा विविध प्राकृतिक विपतहरुको सामना गर्नको लागि निरन्तरता दिईने लक्ष्य रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न