सहकारीको सदुपयोग भएन–निधि


काठमाडौं, पुस २५ । पूर्वमन्त्री बिमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताएका छन् ।
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा बोल्दै पूर्व मन्त्री निधिले सहकारीमर्फत प्रगति हाशिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताएका हुन् । ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प भएको उनको भनाई थियो ।
कम साधन र स्रोत भएकाले पनि सहकारीमार्फत उल्लेख्य लगानी गर्न रचनात्मक काम गर्न सकिने उनको भनाई थियो । सहकारीले आर्थिक बिकास सँगसँगै सामाजिक, शिक्षा तथा स्वास्थ्यमा पनि रचनात्मक काम गर्न आवश्यक भएको उनले बताए ।
सहकारी नयाँ प्रणालीको रुपमा बिकास गर्दै देशको अर्थतन्त्र सबल बनाउन सकिने उनले विश्वास व्यक्त गरे । सहकारीको सिद्वान्तजस्तै देशको संघीयता मोडेल अंगीकार गर्न लागिएको उनले बताए ।
अहिले अनेकथरीका नाकाबन्दीका कारण जनताले सास्ती पाएको चर्चा गर्दै केही समयभित्रै नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे । कोही जनतामाथि भेदभाव नराखी सीमामा पुनरावलोकन गर्न सरकारलाई सुझाव दिए । ‘हामी सरकार गिराउन चाहेका छैनौं, तर समस्या समाधान गर्न सरकारले नै रुची देखाउन सकेको छैन्’ उनले भने ।
पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सहकारीमार्फत देश आत्मनिर्भरतामा जान सकिने बताए । ‘परनिर्भरता हटाउन सहकारी प्रमुख माध्यम बन्न सक्छ’ उनले भने ।
तीन खम्बे अर्थतन्त्रबाट नै देश आत्मनिर्भर बन्न सकिने उनले बताए । सहकारीले अन्य क्षेत्रमा रचनात्मक काम गरे पनि कृषि क्षेत्रमा विशेष लगानी गर्न आवश्यक भएको बताए ।
वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पुरुषोतम दाहाललले पूँजीबाद र समाजवादकोे समिश्रण नै सहकारी भएकाले सबैका लागि सहकारी उत्तम माध्यम भएको बताए । समस्याका कारण अर्थतन्त्र धराशायी भएको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी संघका सञ्चालक एंव उपलब्धि सहकारीका सञ्चालक चन्द्र ढकालले सहकारीमार्फत गर्नुपर्ने काम धेरै भएको र उपलब्धिले प्रशंशा गर्न लायकका कार्यक्रम गरेको बताए ।
कार्यक्रम साहित्यकार धु्रवप्रसाद सापकोटा, रत्न शमशेर, धुव्रचन्द गौतम, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सञ्चारकर्मी सम्मानित

bijaya adhikari 4
उपलब्धिको सातौं वार्षिक साधारणसभाका अवसरमा कान्तिपुर टेलिभिजनका पत्रकार बिजयराज अधिकारीलाई सम्मान गरेको छ । सहकारीको गतिविधि प्रकाशन तथा प्रशारण गरेको भन्दै अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि भावना बस्नेत र युवराज नेपाललाई सम्मान गरिएको थियो ।
संस्थाको शेयर पूँजी दोब्बर वृद्वि
संस्थाले २०७१/७२ मा २ करोड ५९ लाख ७६ हजार ३ सय रुपैयाँ पु¥याएको छ । संस्थाले अघिल्लो वर्ष ९७ लाख १३ हजार ३ सय रुपैयाँ पु¥याएको थियो ।
संस्थाले १३ करोड ६३ लाख १३ हजार २ सय २२ रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ५८ दशमलव २३ प्रतिशतले बढी हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान